काठमाडौं । नयाँ शक्ति नेपाल प्रदेश नं. ३ केन्द्रिय शेर्पा परिषदले शेर्पा समुदायको राजनीतिमा सहभागिता आजको आवश्यकता भन्ने विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
शेर्पा समुदाय र युवाहरुलाई राजनीतिमा अग्रसर गराउन र चासो देखाउन अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको आयोजकले जानकारी दिएको छ । शेर्पाहरु पर्यटन, होटल व्यावसय र वैदेशिक रोजगारीमा जाने भएकाले उनीहरुलाइ राजनीतिमा अग्रसर गराउन कार्यक्रम गरिएको अायोजकले जनाएको छ । अन्तरक्रियात्मक कार्यक्रममा नेपाल शेर्पा संघ पुर्व अध्यक्ष एवं नयाँ शक्ति नेपाल केन्द्रिय सदस्य पेमा छिरी शेर्पा, नयाँ शक्ति पार्टी केन्द्रिय सदस्य तुल्सी पौडेलले सहभागी शेर्पा युवाहरुलाई राजनीति के र केका लागि र कसरी राजनितिमा सहभागी हुने भन्ने विषयमा प्रशिक्षण दिएका थिए । शेर्पा युवाहरुलाई राजनीतिमा अग्रसर गराउन प्रदेश न ३ शेर्पा परिषदले जनचेतना मुलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।