३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

दोस्रो चरणको निर्वाचण प्रक्रिया सुरूः आज उम्मेदवारी दर्ता


४ असार २०७४, आइतबार  

0
Shares

काठमाडाैं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतदान असार १४ का लागि तोकिएको छ । अाजबाट  प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता सुरू भएको छ । निर्वाचन आयोगले बिहान ८ देखि अपरान्ह ४ बजेसम्म सबै गाउँपालिका र नगरपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जनाएको छ । मनोनयन दर्तासँगै दोस्रो चरणको चुनावी कार्यक्रम सुरु हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनले सुरक्षाकर्मीले शान्ति सुरक्षा कायम गर्ने कुरामा आयोग विश्वस्त रहेको बताए ।

आयोगका अनुसार दोस्रो चरणमा १ महानगर, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको छ । ती स्थानमा १५ हजार ३८ जनप्रतिनिधी चुनिने छन् । ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाताले मतदानमा भाग लिन पाउनेछन् । कुल ८ हजार ३ सय ६४ मतदान केन्द्र छन् । र, सुरक्षाकर्मी बाहेक निर्वाचन सञ्चालनका लागि ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७४, आइतबार  ९ : १० बजे