१९ कार्तिक २०८१, सोमबार | Mon Nov 4 2024

दोस्रो चरणको निर्वाचनमा एमालेका को कहाँ उम्मेदवार ? (सूचीसहित)


५ असार २०७४, सोमबार  

0
Shares

काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्तर्गत तीन वटै प्रदेशमा नेकपा एमालेले अाफ्नो उमेदवारी मनोनयन गरेको जनाएको छ ।

असार १४ गते हुने चुनावका लागि प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा मनोनयन दर्ता भएको छ । एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा हुने यस दोश्रो चरणको चुनावबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुने छन् ।

राजनीतिक तथा औद्योगिक नगरीको रुपमा परिचित विराटनगर महानगरपालिकामा नेकपा (एमाले) ले जिल्ला अध्यक्ष विनोद ढकाललाई मेयरमा उठाएको छ ।

एमाले र नेपाल लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल भएको छ । यो तालमेलले पनि मेयरमा एमालेका उम्मेदवारको जीतलाई झन् सहज बनाइदिएको छ ।

धरान उपमहानगरपालिकाको मेयरमा एमालेले विद्यार्थी आन्दोलनबाट जन्मिएका नेता तारा सुब्बालाइ उम्मेदवार बनाएको छ ।  एमालेको गढका रुपमा चिनिने धरान उपमहानगरपालिकाको उपमेयरमा एमाले युवा नेत्रृ मञ्जु भण्डारी (सुवेदी)लाई उम्मेदवार बनाएको छ ।

सुनसरीकै अर्को उपमहानगरपालिका इटहरीमा एमालेले मेयरमा जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी र उपमेयरमा सुनसरीकी संगठन विभाग प्रमुख लक्ष्मी गौतमलाई उम्मेदवार बनाएको छ ।

बुटवल उपमहानगरपालिकामा एमालेले मेयरमा शिवराज सुवेदी र उपमेयरमा गोमा आचार्यलाइ उम्मेदवार बनाएको छ । यो उपमहानगरपालिका एमालेको सांगठानिक आधार बलियो भएको ठाउका रुपमा चिनिन्छ ।केही समयअघि माओवादी केन्द्र नेतृत्वको सरकारले पाँच नम्बर प्रदेश टुक्राउने प्रस्ताव संसद्मा लैजाँदा त्यसका विरुद्ध एमालेको अगुवाइमा यहाँ आन्दोलन भएको थियो । त्यहाँको आन्दोलनको रापले पूरै देशलाई तताएको थियो ।

दाङको तुल्सीपुर उपमहानगरपािलकामा एमालेले मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया आचार्यलाई उम्मेदवार बनाएको छ ।

घोराही उपमहानगरमा एमालेले नरुलाल चौधरीलाई मेयर र सीता न्यौपानेलाई उपमेयरमा अघि सारेको छ । थारु समुदायको बर्चश्व रहेको यो उपमहानगरमा सबैभन्दा बढी ७८ हजार ४ सय १९ मतदाता छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा एमालेले भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका मुस्लिम उम्मेदवार समसुद्दिन सिद्धिकीलाई मेयरको उम्मेदवार खडा गरेको छ भने उपमेयरमा महिला नेतृ शान्ति ढकाललाई उठाएको छ ।

प्रदेश नम्बर सातको एउटै मात्र उपमहानगरपालिका कैलालीको धनगढीमा एमालेले दुर्गाप्रसाद जोशीलाई मेयरमा र रुक्मिणी देवकोटालाई उपमेयरमा उठाएको छ ।

हेर्नुहोस सूची

प्रकाशित मिति : ५ असार २०७४, सोमबार  ४ : ३८ बजे