ललितपुर । नेपाली समाजमा मौलिक परम्परा एवं धार्मिक विधी व्यवहारमा महतवपूर्ण भूमिका रहेको वेलविवाह तथा व्रतवन्ध ताम्रकार समाजले सामूहिक रुपमा हालै सम्पन्न गरेका छन् । समाजको सामूहिक व्वहार व्यवस्था उप समिति वाट बाह्रौ पटकको रुपमा आयोजना गरेको यो कार्यक्रमको वेलविवाहमा तेह्र जवान कन्या तथा व्रतवन्धमा चार जना वटुकहरुको सहभागीता रहेको थियो ।
नेवारी परम्परामा अनिवार्य रुपमा गुर्नपर्ने यी विधी व्यवहारहरुलाई सामूहिक रुपमा गरी मितव्ययीता प्रस्तुत गर्ने समाजको उद्देश्य रहेको समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले वताए । उनले यस्ता मौलिक संस्कृतिहरु समुदायको पहिचानको रुपमा रहेको वताउदै त्यसको संरक्षण, सम्वद्र्धन गर्नु हाम्रो कर्तव्य रहेको उल्लेख गरे ।
ताम्रकार समाज भवन, जावलाखेलमा भएको उक्त सामूहिक वेलविवाह तथा व्रतवन्धमा सहभागी परिवारले छुट्टै भोज भटेर गर्न नपाइने नियम वनाएको उप समितिका संयोजक मनोज ताम्रकारले बताए । ताम्रकार समाज भवन, उग्रचण्डी परिशर, जावलाखेलमा समपन्न भएको उक्त कार्यक्रमका लागी समाजकै धार्मिक क्रियाकलाप उप समितिको सहयोग रहेको थियो ।