ताप्लेजुङ । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ताप्लेजुङमा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । जिल्लाका तीनवटा वडाबाट तीनजना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएको नेका ताप्लेजुङले जनाएको छ ।
निर्विरोध निर्वाचित हुनेमा फक्ताङ्लुङ गाउँपालिका–६ मा उमा लाम्गादे, मिक्वाखोला गाउँपालिका–३ मा लक्षीमाया विश्वकर्मा र सिरिजङ्घा गाउँपालिका–८ मा सीतादेवी पुर्कुटी रहेका छन् । तीनवटै वडामा दलित महिला सदस्यमा एकल उम्मेदवारी परेको थियो ।
विजयी सुरुवातसँगै ती वडामा काँग्रेसले विजयी उत्सव मनाउन थालेका छन् । मिक्वाखोला–३ मा विजयी बन्नुभएकी लक्षीमाया विश्वकर्मालाई सोमबार बाजागाजासहितको ¥याली आयोजना गरी वडामा भित्र्याइएको थियो ।