२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

शान्ति ठटालको सांगीतिक योगदान उत्सव मनाउँदै पलेंटी


७ असार २०७४, बुधबार  

0
Shares

काठमाडाैं । आधुनिक नेपाली संगीतको प्रारम्भकालमै आफ्नो उपस्थितीको अमिट छाप छाडेका अग्रज गायक एवं संगीतकारको लहरमा पर्ने शान्ति ठटाल यसपालाको पलेँटीश्रृंखलामा प्रस्तुत हुँदैछिन् । अंग्रेजी महीनाको अन्तिम शुक्रवार अर्थात् असार १६ गते नेपालयको आर शालामा ठटालको यो पाँचौ पलेँटी हुनेछ ।

 

चलचित्र ‘परालको आगो’र ‘बाँच्न चाहनेहरू’ मा लोकप्रिय संगीत गरेर शान्ति ठटाल नेपाली भाषामा बनेका चलचित्रमा संगीत भर्ने पहिलो महिला संगीतकारकोरुपमा पनि चिनिन्छिन् । उनले कवि ईश्वर बल्लभद्वारा रचिएको ‘एउटा नीलो सूर्यास्त’ लाई काव्य संगीत (क्यान्टटा) शैलीमा कम्पोज गरेकी छिन् । त्यसक्यान्टाटालाई उनले सन् २०१२, अगष्ट ३१ को पलेँटीमा प्रस्तुत गरेकी थिइन् । सिक्किमको साँस्कृतिक विभागमा लामो समय संगीतको नेतृत्व गरेकी शन्ति ठटालहाल दार्जि्लिङमा बसोबास गर्द्छिन् ।

 

संगीतकार ठटालले महाकवि लक्ष्मी प्रसाद देवकोटाका कृतिहरू मुनामदन, कुञ्जिनी र म्हेन्दोमा आधारित सांगीतिक सृजना पनि गरेकी छिन् । यि मध्येमुनामदनमा संगीत भर्ने र प्रस्तुत गर्ने काम सन् १९७७ ताका भएको थियो । जसलाई निर्देशन समेत ठटालले नै गरेकी थिइन् । त्यसको रेकर्ड आफुसँग सुरक्षितनभएको हुनाले त्यो धुनलाई हालआएर आफुले विर्सेको उनी बताउँछिन् ।

पलेँटीले त्यो संगीत फेरि उनको सम्झनामा ल्याउने प्रयास गरिरहेको छ जसका निम्ति उनी स्वयंले पनि कोशिश गरिरहेकी छिन् ।

 

‘अग्रज संगीतकारहरुले कुनै समय रचना गरेका महत्वपूर्ण सिर्जनाहरुको जानकारी समेत कसैलाई नहुनु र त्यसको रेकर्डसमेत सुरक्षित राखिएको नपाइनु दुर्भाग्यहो । पलेँटीको एउटा उद्देश्य भनेको त्यस्ता सिर्जनाहरुलाई व्यवस्थित पारेर आउने पुस्ताहरुका निम्ति सुरक्षित राखिदिनु पनि हो । हामी आशा गर्छौंं शान्ति दिदीलेती धुनहरुको फेरि सम्झना गर्न सक्नुहोस् र हामीले त्यसलाई सुरक्षित पार्न सकौं,’ पलेँटीका संयोजक आभाष भन्छन्, ‘उहाँ त्यसको निम्ति तयार हुनुहुने बित्तिकैहामी उहाँको अर्को पलेँटी फेरि प्रस्तुत गर्नेछौं ।’

 

शान्ति ठटाल, अम्बर गुरुङबाट संगीतवद्ध ‘सम्हालेर राख’, ‘मेरो दुखी मन’ जस्ता कालजयी गीतबाट नेपाली श्रोता माझ परिचित नाम हो । यी दुबै गीतहरू सन्१९६५ मा रेडियो नेपालको स्टुडियोमा एक्कैदिन रेकर्ड भएका हुन् ।

 

ठटाल यसपाला संगीतकारका रुपमा पलेँटीमा उपस्थित हुनेछिन् । रविन्द्र भारती विश्वविद्यालयबाट औपचारिक सङ्गीत शिक्षा प्राप्त ठटालका कम्पोजिशनलाईलामो समयदेखि पलेँटीसितै आवद्ध अहिलेकी चर्चित गायिका मीना निरौला र दार्जिलिङबाट शान्ति ठटालकै साथमा आएकी गायिका सोनू राईले प्रस्तुत गर्ने छन् ।

 

३१ मार्च २००६ मा आयोजित पलेँटीमा उपस्थित हुँदा ठटालले ६६ वर्षको उमेरमा आफ्नो सांगीतिक जीवनकै पहिलो एकल कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।त्यहीँनिर पलेँटीको मे महिनामा आयोजित पछिल्लो श्रृंखलामा आएका गायक विधान श्रेष्ठले नयाँ पुस्ताको प्रतिनिधित्व गर्थे । विधानकै पनि पहिलो गीत रेकर्ड गरेको२५ वर्षपछि उनको जीवनकै त्यो पहिलो एकल कार्यक्रम थियो । यसरी नेपाली संगीतका क्षेत्रमा चरम अभाव रहेको गायक गायिकाहरुको एकल प्रस्तुतीकोसंस्कृतिलाई पलेँटीले प्रवद्र्धन गर्दै आएको छ ।

 

‘फेरि आफुलाई प्रस्तुत गर्नका निम्ति नेपाल आउन पाएकामा मलाई गर्व महशुस भइरहेको छ,’ अग्रज गायिका ठटाल भन्छिन्, ‘निकै अघि चुँडिएको नेपाल रदार्जिलिङ बीचको सांगीतिक सेतुलाई पलेँटीले फेरि जोड्ने काम गर्दै आइरहेको देख्दा मलाई खुशी लागिरहेको छ ।’

 

सक्रिय गायनबाट अवकाश लिइसकेपछि पनि पलेँटीले आफूलाई पुनः संगीतको साधनामा फर्किन उर्जा दिएकोमा उनी पलेँटीप्रति आभार प्रकट गर्छिन् । सन्२००६ बाट सुरुभएको यो आगमनको क्रममा प्रत्येक पटक आफूले केहि नयाँ नौलो प्रस्तुतीको चुनौति भेट्नेगरेको पनि उनले जानकारी दिइन् ।

ठटाल २६ सेप्टेम्बर २००८ मा दोस्रोखेप पलेँटीमा प्रस्तुत भएकी थिइन् । ११ अगष्ट २०१२ मा आयोजित पलेँटी उत्सवमा पनि एकल गायन प्रस्तुत गरेकी शान्तिलेसोही महिनाको ३१ तारिखको नियमित पलेँटीमा काव्य संगीत (क्यान्टटा) प्रस्तुत गरेकी थिइन् ।

 

‘पाँचौपटक शान्ति दिदीलाई पलेँटीमा प्रस्तुत गर्न पाउँदा हामी उहाँप्रति अनुगृहित छौं,’ पलेँटीका संयोजक आभाष भन्छन्, ‘संगीतमा उहाँको छ दसकभन्दा लामोयोगदान आफैँमा अमूल्य छ र यो संगीत क्षेत्रकै उत्सव हो । त्यो उत्सवकै रुपमा यसपालाको पलेँटी प्रस्तुत हुँदैछ ।’

 

पलेँटीमा दिनेश रेग्मीले किबोर्ड, बुद्ध लामाले बाँसुरी, सुन्दर महर्जनले पर्कसन, सन्देश महर्जनले तबला र सुरजकुमार प्रधानले गितार बजाएर गायिकाहरुलाईसघाउने छन् ।

 

पलेँटीले अहिलेसम्म गरेर नेपाल र अन्यत्रका ४५ भन्दा बढी कलाकारहरुलाई प्रस्तुत गरिसकेको छ ।

 

पलेँटी शृंखला नेपालयले सन् २००५ देखि शुरु गरेको लघु सांगीतिक कार्यक्रम हो । पलेँटी अँग्रेजी पात्रो अनुसार महिनाको अन्तिम शुक्रबार हुने गर्छ ।

प्रकाशित मिति : ७ असार २०७४, बुधबार  ५ : १८ बजे