काठमाडाैं । स्थानीय तहमा तामाङ सञ्चार कर्मीको भूमिका कस्तो हुनुपर्दछ भन्ने विषयमा कार्यक्रम अायोजना गरिएको थियो ।
बुधबार काठमाडाैंस्थित तामाङ घेदुङको केन्द्रीय कार्यलयमा भएको ‘स्थानीय तहमा तामाङ सञ्चारकर्मीको भूमिका अन्तरक्रिया ‘ विषयक अन्तरक्रियामा वरिष्ठ पत्रकार कुमार यात्रु तामाङले प्रस्तुति दिएका थिए ।
कार्यक्रमा स्थानीय विकास र निकायसम्बन्धी लामो समयदेखि रिपोर्टिङ गर्दै अाएका पत्रकार रञ्जित तामाङले अाफ्नो अनुभव सुनाएका थिए ।
जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा तामाङ सञ्चार समूहकाे अायोजनामा भएको कार्यक्रममा सञ्चार समूहका अध्यक्ष जगत दोङ र नमोबुद्ध एमएमका मेनेजर भक्त स्याङतानले स्थानीय तहमा पत्रकारका अवसर र चुनाैतीबारे चर्चा गरेका थिए ।