३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

देउवाले बनाउनै सकेनन् सहयोगी टिम


८ असार २०७४, बिहिबार  

0
Shares

प्रधानमन्त्रीको कार्यकाल सम्हालेको १७ दिन बितिसक्दा पनि शेरबहादुर देउवाले सहयोगी टिम बनाउन सकेका छैनन्।

सल्लाहकार र सहयोगी टिम नहुँदा सचिवालय र प्रधानमन्त्री कार्यालय नै अस्तव्यस्त छ ।

यसअघि तीन पटक प्रधानमन्त्रीको अनुभव लिएका देउवाले चुनावपछि मात्रै सहयोगी टिम बनाउने भन्दै आफूनिकटलाई सुनाउने गरेका छन् ।

सहयोगी टिमको सुझावभन्दा पनि आफ्नै शैली र परम्पराबाट चल्ने स्वभाव देउवामा देखिएको छ। ‘सल्लाहाकार भन्दा पनि काम गर्न सक्ने क्षमता भएका विज्ञ टिम तत्काल बनाउन आवश्यक छ,’ देउवा निकट नेता एवम् पूर्वपरराष्ट्र मन्त्री प्रकाशशरण महतले भने,‘मैले पनि सुझाव दिएको छु। आभुषणका लागि भन्दा पनि ठोस काम गरेर देखाउन राजनीतिक क्षेत्र र प्रशासन तहमा त्यस्तो टिमको खाँचो छ।’

जेठ २१ मा प्रधानमन्त्री भएका देउवा २२ गतेदेखि कार्यभार सम्हालेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति : ८ असार २०७४, बिहिबार  ७ : २१ बजे