२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

‘सुरिलो रुख सल्लाई हो…’ की गायिका ममता १८ वर्षपछि गायनमा ‘कमब्याक’


१० असार २०७४, शनिबार  

0
Shares

सुरिलो रुख सल्लाई हो…, तारा गन्दै टोलाईरहे…., तिमै यादमा कल्पि कल्पि…., जस्ता लोकप्रिय गीत गाएर चर्चित बनेकी ममता दिव्विम पप गीत ‘मनको कुरा’ लिएर दर्शक श्रोतामाझ अाएकी छन् ।

गायन छाडेर पढ्न अमेरिका भाँसिएकी उनले झन्डै १८ वर्षपछि सांगीतिक कोसेली बजारमा ल्याएकी हुन् । सन १९९९ मा पढाईको लागि अमेरिका पुगेपछि संगीतयात्रामा ब्रेक लागेको सेतोपाटी ग्लोबल संस्करणसँगकाे कुराकानीमा उलने खुलाएकी छिन् ।

एउटा फ्यानको चासोले अाफु गायनमा कमब्याक भएको उनले बताइन् ।  ५ वर्षको उमेरमा गीत गाउन थालेकी अहिलेसम्म ६० भन्दा बढी गीतमा स्वर दिईसकेकी छन् । ममताले विसं २०५१ सालमा छिन्नलता पुरस्कार पाएकी थिइन् ।

 

उनी अब सांगीतिक क्षेत्रमा निरन्तरता दिन चाहान्छिन्  भन्छिन्, ‘वर्षमा कम्तिमा एक दुइटा गीत रेकर्डिङ गर्नेछु।’

प्रकाशित मिति : १० असार २०७४, शनिबार  ४ : ३१ बजे