एजेन्सी । पाकिस्तानको पन्जाब प्रान्तमा एउटा इन्धन बोकेको ट्यांकर पड्किएर आगलागी हुँदा १२३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरुलाइ उद्धृत गर्दै बिबिसिले जनाएको छ।
दुर्घटनामा ७५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको सहरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ ।
पाकिस्तानी मिडियाहरूका अनुसार उक्त घटनामा परी ६ वटा कार, १२ मोटरसाइकल जलेका छन् । अागोमा परेकाहरूकाे पहिचान खुलाउन डिएन परीक्षण गर्नुपर्ने देखिन्छ ।