७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नयाँ पुस्तक– ‘खाना खानुभयो ?’


१२ असार २०७४, सोमबार  

0
Shares

काठमाडौं । स्वास्थ्य सरोकारका विषयमा केन्द्रित भएर पुस्तक प्रकाशन गर्ने क्रममा पब्लिकेशन्स नेपालयले नयाँ पुस्तक खाना खानुभयो ? हाम्रा भान्छाबारे बजारकाभ्रमपाठकसामु ल्याउँदैछ । जनस्वास्थ्यका क्षेत्रमा लामो समयदेखि सक्रिय चिकित्सक एवं लेखिका अरुणा उप्रेती लेखक लक्ष्मण अधिकारीको संयुक्तप्रयासमा तयार भएको यो पुस्तक आगामी असार १८ गते सार्वजनिक हुँदैछ । पुस्तक हाम्रा भान्छाबारे बजारले सृजना गरेको भ्रममाथि केन्द्रीत छ ।

खानपीनका फाइदा र बेफाइदाबारे आमसञ्चारमार्फत् जिज्ञासा राख्ने पाठकका निम्ति डा. उप्रेती र अधिकारी अपरिचित नाम होइन । ब्रोडसिट दैनिकदेखि लिएरअनलाइन अखबारहुँदै साप्ताहिक पत्रिका र जर्नलहरूसम्म यी दुबै लेखकका सुझावहरु लामो समयदेखि प्रकाशित हुँदै आएका छन् ।

युक्रेनबाट डाक्टर बनेकी उप्रेतीले नेदरल्याण्डबाट महिला विकासमा स्नातकोत्तर गरेकी छन् । महिला स्वास्थ्य शिविरमा सहभागी हुने क्रममा देशका प्रायः सबैजिल्ला पुगेकी उनले जताततै खानपिनमा आएको ब्यापक फेरबदल देखेकी छन् ।

उप्रेतीले जनस्वास्थ्य विशेषज्ञका रुपमा भारत, श्रीलंका, लाओस, इरान र सुडानमा समेत काम गरिसकेकी छन् ।

‘हाम्रा भान्छामा अहिले पनि भेटिने परम्परागत खान्कीहरुमै पर्याप्त पोषणयुक्त पदार्थ पाइन्छन्,’ उप्रेती भन्छिन्, ‘आपूसँग भएका सम्पन्न खानपिनलाई बेवास्ता गरेरबजारको लहैलहैमा फँस्दै बालबालिकालाई पत्रु खाना खुवाउन थालेको देखेपछि मैले जनचेतनामूलक लेखहरु लेख्न थालेकी हुँ ।’

उप्रेतीले यसअघि पनि स्वास्थ्यसम्वन्धि केही पुस्तक लेखेकी छन् साथै उनले विदेशी लेखकका केही पुस्तकमा अनुवादकको रुपमा पनि काम गरेकी छन् ।

लक्ष्मण अधिकारी लामो समयदेखि स्वास्थ्य र वातावरण लगायत सामाजिक मुद्दाहरुमा केन्द्रित रहेर पत्रकारिता गर्दैआएका छन् ।

‘जनस्वास्थ्यका विषयमा डा. उप्रेतीका विचारहरुसँग मेरो मतैक्यता रहँदै आएको थियो,’ अधिकारी भन्छन्, ‘उहाँसँगको सहकार्यका रुपमा पहिलो पुस्तक तयारपार्न पाउँदा खुशी लागेको छ ।’

 

‘खाना खानुभयो ?’ पुस्तकले बजारमा छ्यापछ्याप्ती पाइने चिसो तथा ‘शक्तिबद्र्धक’पेय पदार्थ, जङ्क फुडका विषयमा विज्ञापनहरूले फैलाएको भ्रमलाई पनि चिर्नेकोशिस गरेको छ ।

यस पुस्तकले बजारमा अत्यधिक प्रचार गरिएका पोषण तथा शक्ति दिने, बुद्धि बढाउने, सुन्दर बनाउने, तौल स्वाट्टै घटाउने भनेर विक्री गरिएका खाद्य तथा पेयपदार्थले कसरी उल्टो स्वास्थ्यमा समस्या निम्त्याउँछ भन्ने कुरालाई प्रष्ट्याएको छ ।

 

‘हाम्रै वरपरका उपयोगी सामग्रीको फाइदाहरु राम्ररी खुलासा नगरिँदा उपभोक्ताहरु ठगिँदै छन् भन्ने जानकारी पाएपछि हामीले यस्ता कृतिहरुबारे चाँसो बढाएकाथियौं,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्– ‘आम स्वास्थ्य सरोकारका विषयमा डा. जीवन प्रसाईका दुई पुस्तक प्रकाशित गरेपछिनेपालयले डा. उप्रेती र अधिकारीको यस कृतिलाई आगामी प्रकाशनको रुपमा अघि बढाएको छ ।’

प्रकाशित मिति : १२ असार २०७४, सोमबार  १२ : ०२ बजे