ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ भेट्न ह्वाइट हाउस पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी फस्ट लेडी मेलानिया ट्रम्पलाइ चाँदीको ब्रासलेट उपहार दिएका छन् ।
सोमबार साँझ भएको भेटमा मोदीले हिमान्चलका एक कलाकारले बनाएको चाँदीको ब्रासलेट उपहारस्वरूप प्रदान गरेका हुन् । यसैगरी मोदीले चिया र देशी मह उपहार दिएको भारतीय समाचारहरूमा उल्लेख गरिएको छ ।
ट्रम्पलाइ भने मोदीले १९६५ मा प्रकाशन गरेको अब्राहम लिंकनको हुलाक टिकट र पँजाबमा बनेको काठको पेटी उपहार दिएका छन् ।