११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

दरबार– १ मा एमाले र ७ मा काँग्रेस विजयी, मिक्लाजुङ–१ मा एमाले विजयी


१५ असार २०७४, बिहिबार  

0
Shares

गुल्मी । जिल्लाको दरवार गाउँपालिका– १ मा नेकपा (एमाले)को पुरै समूह विजयी भएको छ ।

वडाध्यक्षमा रामबहादुर पल्लीले ७६६ मत प्राप्त गरी विजयी भए ।  निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेम पुनले ६५८ मत प्राप्त गरे।

यस्तै दरवार गाउँपालिका– ७ मा नेपाली काँग्रेसको पुरै समूह विजयी भएको छ । वडाध्यक्षमा टोपबहादुर बस्नेत ८३० मत ल्याई विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका खुमलाल अर्यालले ४४४ मत प्राप्त गरे ।

मिक्लाजुङमा १ मा एमाले

मोरङ-जिल्लामा नेकपा (एमाले)ले विजयी सुरुआत गरेको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नं १ का अध्यक्षमा एमालेका नरबहादुर राईसहित पूरै एमाले समूह नै विजयी भएको हो । सो वडामा खसेको एक हजार २४१ मध्ये ४२६ मत प्राप्त गरी राई विजयी भए ।

दङ्गीशरण गाउँपालिका – १ मा एमाले

दाङ-दङ्गीशरण गाउँपालिका वडा नं १को वडाध्यक्षसहित पूरै पदमा एमालेको समूह विजयी भएको छ ।

एमालेका वडाध्यक्षका उम्मेदवार श्रीप्रसाद चौधरी ३८२ मत प्राप्त गरी विजयी भए । त्यसैगरी महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक तथा अन्य सदस्यमा जानकी चौधरी र उमेश चौधरी विजयी भए ।

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार  ४ : १४ बजे