४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

बाझाङको मस्टा र बाजुराको पाण्डवगुफा गाउँपालिका प्रमुख/उपप्रमुखमा एमाले विजयी


१६ असार २०७४, शुक्रबार  

0
Shares

बझाङ ।  मस्टा गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कडायत दुई हजार १४२ र उपाध्यक्षमा भगवतीकुमारी बोहराले दुई हजार १८० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वीमा काँग्रेसका ज्ञानबहादुर बोहराले एक हजार ९१७ मत प्राप्त गर्नुभएकोे मुख्य निर्वाचन अधिकृत पूर्णप्रसाद बास्तोलाले जानकारी दिए ।

बाजुरा । नेकपा (एमाले)ले बाजुराको पाण्डवगुफा गाउँपालिकामा विजय हासिल गरेको छ । गाँउपालिका अध्यक्षमा एमालेका कालीबहादुर शाही १४५१ मत ल्याई विजयी भएका छन् । उनका कटतम प्रतिद्वन्द्वी कांग्रेसका सुन्दर विष्टले ९८९ मत ल्याएका छन् । उपाध्यक्षमा विजयी ऐनाले १४९० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका तारा रोकायाले ९८७ मत ल्याएका छन्  । कुल ६ वटा वाडा मध्ये एमालेले ४ वटामा विजयी हासिल गरेको छ भने वाँकी २ वटामा काँग्रेस र माओवादीले १÷१ स्थान जितेका छन ।

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार  ९ : ३९ बजे