बाजुराको छेडेदह गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा कांग्रेस विजयी

२०७४ असार १६, शुक्रबार १०:५६

बाजुरा । बाजुराको छेडेदह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उमेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका नरबहादुर राउत विजयी भएका छन । उनी ३ हजार ७ सय ५ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर ओलीले ३ हजार १ सय मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा कांग्रेसकै कुन्ती बुढा साउद ३ हजार ६ सय ७१ मत ल्याएर विजयी भइन । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी पवित्रा शाहीले ३ हजार १ सय २५ मत प्राप्त गरिन ।