१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

खेर गयो देउवाको प्रयास, गृहनगर अमरगढी नगरपालिकाको मेयर/उममेयरमा एमाले विजयी


१६ असार २०७४, शुक्रबार  

0
Shares

डडेलधुरा । मेयरमा अाफ्नो उमेदवारलाइ जिताउन एक साता डडेलधुरा गएर गरेको  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयास खेर गएको छ । देउवाको गृहनगर डडेल्धुराको अमरगढी नगरपालिकामा एमालेका उमेदवार विजयी भएका छन् ।

अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भएकी छन् ।

निर्वाचन कार्यालयले अन्तिम मत परिणाम औपचारिक घोषणा गरिसकेको छैन ।

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार  ११ : ५६ बजे