भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एमालेले बिजय हासिल गरेको छ । एमालेका राईले २३५६ मत प्राप्त गरेर बिजयी हुँदा माओवादी केन्द्रका थामवहावदु राईले २३४८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने माओवादीकी सम्झना राई निर्वाचित भएकी छन् ।
भोजपुरका ९ स्थानीय तहमध्ये मतगणना सम्पन्न भएको यो पहिलो गाउँपालिका हो । बाँकी ८ स्थानीय तहमध्ये कांग्रेस र माओवादीले बराबरी अग्रता लिइरहेका छन् ।