भोजपुर । २ नगरपालिका र ७ गाउँपालिका भोजपुरमा एमाले ४, कांग्रेस ४ , माओवादी १ तहमा विजयी हासिल गरेको छ । दुबै नगरपालिका प्रमुखमा कांग्रेसले विजयी हासिल गरेको छ ।
भोजपुर नगरपालिकाको मेयरमा कांग्रेसका कैलाश कुमार आले र उपमेयरमा एमालेकी ममिता राई विजयी भएका छन् ।
षडानन्द गरपालिकाको मेयरमा कांग्रेसका वीरबल राइ र उपमेयरमा एमालेकी मेरिना राइ विजयी भएका छन् ।
हतुवागढी गाउँपालिकामा एमालेको जिल्ला कमिटी अध्यक्ष समेत रहेका प्रेमकुमार राई प्रमुख पदमा निर्वाचित भए भने एमालेकै चन्द्रमा राई उपप्रमुखमा विजयी भए ।
त्यसैगरी अरुण गाउँपालिकाको प्रमुखमा कांग्रेसका गजेन्द्रबहादुर कार्कीले जित हात पारे भने उप प्रमुखमा पनि कांग्रेसकै विनिता ढकाल विजयी भइन् ।
पौवादुम्मा गाउँपालिकामा एमालेका किरण राई प्रमुख पदमा निर्वाचित भए भने माओवादी केन्द्रकी सम्झना राई उपप्रमुखमा निर्वाचित भइन् ।
रामप्रसाद राई गाउँपालिकामा एमालेका विजय राईले ८ मतले माओवादी केन्द्रका थामबाहदुर राईलाई पछि पार्दै प्रमुख पदमा विजयी हात पारे भने माओवादी केन्द्रकी सम्झना राईले उपप्रमुख पदमा जित हात पारिन् ।
पूर्व सूचना तथा सञ्चार मन्त्री तथा एमालेका पोलिटव्यूरो सदस्य शेरधन राईको क्षेत्र आमचोक गाउँपालिकामा समेत माओवादीले जितेको छ । माओवादी केन्द्रका अशोक राईले प्रमुखमा जित हात पारेको हो भने उपाध्यक्षमा माओवादी केन्द्रका सिता राईले जित हात पारिन् ।
ट्याम्के मैयुङ्ग गाउँपालिकामा एमालेका ध्रुवराज राईले जिते । कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमको गठबन्धन रहेका यस गाउँपालिकामा एमालेका ईन्द्रवती राईले उपप्रमुखमा विजयी भइन् ।
त्यस्तै साल्पासिलिछो गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका महेश राई ६३ मत बढि ल्याएर विजयी भएका छन् । उनले १६७४ मत मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्व नेकपा एमालेका खगेन्द्र राईले १६११ मत ल्याए ।