१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

वाङमु शेर्पाको उपचारका लागि दक्षिण कोरियाबाट १ लाख ४१ हजार सहयोग


२१ असार २०७४, बुधबार  

0
Shares

काठमाडौं । भोजपुर जिल्ला दोभाने वडा न. ७ निवासी लाक्पा शेर्पा तथा आङ पसी शेर्पाको ४ बर्षिया छोरी वाङ्मु शेर्पाको आखाको क्यान्सर उपचारका लागि दक्षिण कोरियाबाट रु १ लाख ४१ हजार सहयोग गरेको छ ।

भोजपुर दोभाने ९ बाक्सिन्दाका छेपाल शेर्पाले सो सहयोग रकम संकलन गरि पठाएका थिए ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले गर्दा सामाजिक संजाल मार्फत सहयोग रकम संकलन गरि रहेको छ । सहयोगका लागि अभियान आदिवासी जनजाती युवा महासंघ उपाध्यक्ष एव संचारकर्मी डोमा शेर्पाले चलाएका थिए ।

उपचारका लागि अमेरिका, दक्षिण कोरिया, कतारबाट सहयोग आइ रहेको अभियान्त डोमा शेर्पा बताइन ।
अहिले वाङ्मु शेर्पा अन्तराष्ट्रिय बाल अस्पातलको आइ.सियुबाट निकालेर कान्ति बाल अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २१ असार २०७४, बुधबार  १० : २२ बजे