१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

लोक गायक नारायण रायमाझीको सम्मानमा न्युयोर्कमा विविध साँस्कृतिक कार्यक्रम


२९ असार २०७४, बिहिबार  

0
Shares

 

न्युयोर्क, वरिष्ठ लोक गायक तथा सँगीतकार नारायण रायमाझीको सम्मानमा न्युयोर्कमा विशेष सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम २०१७ हुँदैछ । कलाकार तथा खेलाडीहरुद्वारा आयोजित उक्त कार्यक्रमका सँयोजक लोक गायिका सिर्जना बिरही थापाका अनुसार कार्यक्रममा ख्याती प्राप्त कलाकारहरुबाट लाईभ दोहोरी तथा लोकगीतका साथै अन्य विविध मनोरञ्जनात्मक प्रस्तुतीहरु हुने छन् । कार्यक्रममा नारायण रायमाझी, पुरुषोत्तम न्यौपाने, सिर्जना बिरही थापा, मीन केसी, बिमल डाँगी, सन्देश खड्का, उदय भट्टराई, न्हुच्छे डँगोल, मधुर गिरी, सरीता डाँगी, अमृत रमदम लगायतको बेजोड प्रस्तुती रहने छन् ।

न्युयोर्कको ज्याक्सन हाईट स्थित शेर्पा किदुगको हलमा यहिं जुलाई १५ तारिक शनिबार साँझ हुने विशेष सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम २०१७ को सम्पुर्ण टिकेट बिक्री भैसकेको कार्यक्रम सँयोजक थापाले एभरेष्ट टाईम्सलाई बताईन् । गायकद्वय रायमाझी र न्यौपाने नेपालबाट केहि दिन अघि अमेरिका अाईसकेका पनि उनले जानकारी दिईन् ।

प्रकाशित मिति : २९ असार २०७४, बिहिबार  ८ : ४९ बजे