न्युयोर्क । गैरअावासीय नेपाली संघ(एनअारएन) अमेरिकाको निर्वाचन नजिकिएको छ । अगस्ट ११ र १२ मा हुने निर्वाचनबाट अागामी नेतृत्व कसले गर्ला भन्ने प्रश्न उठेको छ ।
अागामी दुइ वर्षका लागि नेतृत्व सम्हाल्न एनअारएन अमेरिकाको अध्यक्ष पदमा चार जनाको उमेदवारी परेको छ । निर्वाचन समितिले प्रकाशन गरेको नामावली सूचीमा अध्यक्ष डा केशव पाैडेल, वरिष्ठ उपाध्यक्ष कृष्ण पाेखरेल, उपाध्यक्ष रविना थापा र उपाध्यक्ष रामसी पाैडेलले अध्यक्षमा उमेदवारी दिएका छन् । पाँच जनाको उमेदवारी परेकोमा नेतृत्वका लागि चर्चामा आएका गौरी जोशी अध्यक्ष पदको दौडवाट बाहिरिएका छन् । निर्वाचन समितिले उनको उम्मेदवारीलाई प्रक्रिया नपुगेको भनी हटाईएको छ । अनौपचारिक रूपमा ६ महिनादेखि तयारीमा जुटेका गौरीले यही साता न्युयोर्क र कोलोराडोमा चुनावी भेटघाट राखेका थिए ।
अध्यक्षमा उमेदवारी दिनेमा वर्तमान अध्यक्ष डा पाैडेलदेखि एकजना वरिष्ठ उपाध्यक्ष र दुइ उपाध्यक्ष रहेका छन् । निर्वाचन तालिका अनुसार १८ जुलाइमा उमेदवारको पहिलो नामावाली प्रकाशन हुनुपर्ने देखिएपनि जुलाइ २० मा मात्र उमेदवारको नामावली प्रकाशन गरिएको छ ।
डा पौडेलको प्रस्तावकमा संगीला पौडेल र समर्थकमा अशोक सेडाइं रहेका छन् । यता कृष्ण पोखरेलको प्रस्तावकमा रवि कोइराला र समर्थकमा वेद खरेल रहेका छन् । रविना थापाको प्रस्तावकमा खड्का बहादुर कार्की र समर्थकमा राजन त्रिपाठी रहेका छन् भने
रामसी पोखरेलको प्रस्तावकमा विकासराज न्यौपाने र समर्थकमा रमेश सापकोटा रहेका छन् ।
वरिष्ठ उपाध्यक्षमा दुइको उमेदवारी
एक वरिष्ठ उपाध्यक्षका लागि दुइ जनाको उमेदवारी परेको छ । उमेदवारी दिनेमा तेम्बा नुर्व शेर्पा र सुनिल शाह रहेका छन् ।
उपाध्यक्षका लागि एक दर्जनको उमेदवारी
चार उपाध्यक्षका लागि १२ जनाको उमेदवारी परेको छ । उपाध्यक्षमा उमेदवारी दिनमो नारायण वन, मणि नेपाली, मिडिया कोअर्डिनेटर रहेका सर्वज्ञा वाग्ले, उमा कार्की थापा, रामकुमार सेडाइं, पुरुषोत्तम बोहरा, राधा पौडेल, जेदु पोखरेल, सञ्जिव श्रेष्ठ, सुमन बुढा, हरिशचन्द्र हमाल, भुवन आचार्य रहेका छन् ।
महासचिवमा पाँच जनाको उमेदवारी परेको छ । जसमा पूर्णचन्द्र बानियाँ, रामचन्द्र पन्त, महेश के मल्ल, बाबुराम लामा, सूर्य लम्साल रहेका छन् । त्यसैगरी सचिवका लागि तीन जनाको उमेदवारी परेको छ । सचिवमा उमेदवारी दिनेमा रेवतीराज अधिकारी, प्रकाश बस्नेत र होमनाथ गौतम रहेका छन् ।
अध्यक्षदेखि विभिन्न पदका लागि १६७ जना उम्मेदवारको सूची परेको छ । उमेदवारको अन्तिम नामावली भने जुलाइ २९ मा प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।