२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

सुजाताको सुझाव-कांग्रेसमा महिलालाइ उपसभापति दिनुपर्छ


९ श्रावण २०७४, सोमबार  

0
Shares

काठमाडौं। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सरकारमा महिलालाइ सम्मानजनक स्थान दिनुपर्ने बताएकी छन् ।

सोमबार रिपोर्टस क्लबले अायोजना गरेको साक्षत्कार कार्यक्रममा कोइरालाले भनिन् ‘जेण्डर ब्यालेन्स मिलाउनको लागि पनि महिलाहरुलाई हरेक निकायमा संविधानले उल्लेख गरेबमोजिम उपस्थिति गराउनुपर्छ, संसदमा पनि महिलाहरुलाई ३३ प्रतिशत अनिवार्य उपस्थिति गराउनुपर्नेछ, पार्टीमा पनि दिनुपर्छ, महिला उपप्रधानमन्त्री किन नहुने ?’

 

त्यस्तै उनले पार्टीभित्र महिलालाई पनि उपसभापति दिनुपर्ने बताउँदै त्यसको लागि आफू योग्य रहेको जिकिर गरिन् ।

कोइरालाले पार्टी नेतृत्वले एकपछि अर्को गलत निर्णय गरेको कारण पार्टीले निर्वाचनमा नराम्रो नतिजा भोग्नुपरेको समेत गुनासो पोखिन । उनले भनिन्,‘अहिले धेरै नेताहरुको गुनासो छ, गिरिजाबाबुलाई त सम्मान दिन नसक्ने भनेर अहिले कांग्रेसको आलोचना हनु थालेको छ, यसबारेमा सतर्क हुनुपर्छ।’

 

प्रकाशित मिति : ९ श्रावण २०७४, सोमबार  ५ : १९ बजे