डा. गोविन्द केसी पुनः अामरण अनसनमा, यस्ता छन् यसपटकका माग

२०७४ श्रावण ९, सोमबार १७:३२

काठमाडाैं । डा गोविन्द केसी पुनःअामरण अनसनमा बसेका छन् । मेडिकल क्षेत्रको बेथिति हटाउन माग गर्दै उनी अनसन बस्दै अाएका छन् । उनको यो ११ अाैं अनसन हो ।

पछिल्लोपटकको अनसनमा अस्पतालको उपचार सेवा र पढाइ नरोकिने उनले जनाएका छन् । गगन थापा स्वास्थ्यमन्त्री हुदाँ पनि उनी अनसन बसेका थिए । उक्त समय सरकारले गरेको सहमति कार्यान्वयनमा नअाएको भन्दै उनी अनसनमा बसेका हुन् ।

यसपटक उनले केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा आफूहरुले दिएको सुझावलाई समेटेर ‘एकीकृत चिकित्सा शिक्षा ऐन’ बनाउन माग गरेका छन् ।

साथै त्रिविले खोसको अधिकार आईओएमलाई नै फिर्ता गर्न, क्याम्पस प्रमुख र सहायक डिन नियुक्त गर्न र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई काबारही गर्नु पर्ने उनको माग छ ।

 

सम्बन्धित समाचार