२२ कार्तिक २०८१, बिहिबार | Fri Nov 8 2024

सार्वजनिक भयो ‘मेरो माटो’ राष्ट्रिय गीत संग्रह


१३ श्रावण २०७४, शुक्रबार  

0
Shares

काठमाडाैं । गीतकार हरिराम महर्जन र संगीतकार जुगल जुगल डंगोलद्वारा संगीतबद्ध राष्ट्रिय गीतहरूको संग्रह मेरो माटो सार्वजनिक भएको छ ।

शुक्रबार राष्ट्रिय नाचघर जमलमा अायोजित विमोचन कार्यक्रममा वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, बरिष्ठ गीतकार एवं कवि दुर्गालाल श्रेष्ठ, संगीतकार राजु सिंह, वरिष्ठ गायक प्रेमध्वज प्रधान र गायिका संगीता प्रधानले एकसाथ सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रिय गीतले सबै नेपालीको मन जोड्ने उल्लेख गर्दै माटोको माया सबैमा हुनु पर्ने बताए ।

कवि तथा गीतकार दुर्गालाल श्रेष्ठले नेपालको राष्ट्रिय भाषा नेपाली भएकाले हामी सबैले नेपाल भाषाको संवद्र्धन र संरक्षण गर्नुपर्ने बताए।

गीतकार हरिराम महर्जनले आफूले राष्ट्रिय गीतको रचना आमाको प्रेरणा र मायाले लेख्न सिकेको बताए । उनले भने, ‘मलाई सानैदेखि आमाले शीर ठाडो पारेर हिड्नुपर्छ । यो नेपालीको शीरलाई कहिल्यै पनि कसैको सामू झुक्न दिनु हुँदैन भन्नुहुन्थ्यो । सधैं समाजलाई सकारात्मक बाटो देखाउनु पर्छ। आमाको यही भावले म प्रभावित भए र नेपालीहरुको अनुभूतिलाई शब्दमा उतारे । यसलाई मेरा बाल सखा मित्र जुगलले संगीत गरेर जीवन्त बनाइ दिनुभयो।’

यस्तै संगीतकार जुगलले डंगोलले राष्ट्रको लागि बालसखा हरिरामको कलम सशक्त भएर चलेको उल्लेख गर्दै उनले सानैदेखि उनीसँग मादल बजाएर टोलमा गीत गाएको सम्झिदै अहिले माटोको लागि कलम चलाएकोमा निक्कै हर्ष लागेको बताए ।

आठ वटा गीत समेटिएको संग्रहमा वरिष्ठ गायक प्रेमध्वज प्रधान, संगीता प्रधान राणा, मनोराज, रामेश रायन श्रेष्ठ, अमरराज शर्मा, केन्जुमा सुब्बा, रोजी डंगोल श्रेष्ठ, पारस नेपाल लगायत १८ जना गायकगायिकाले स्वर दिएका छन् । गीतको बजार व्यवस्थापन विन्दबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको छ।

प्रकाशित मिति : १३ श्रावण २०७४, शुक्रबार  ८ : २८ बजे