७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

न्युयोर्कमा आदिवासी चलचित्र महोत्सव, ११ चलचित्र प्रदर्शन गरिने


१८ श्रावण २०७४, बुधबार  

0
Shares

न्युयोर्क । न्युयोर्कमा हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्र छनोट गरिएको छ ।

अगस्ट २५ देखि २७ तारिखसम्म हुने महोत्सवको लागि ७ लामा र ४ लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ ।

महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए । छनोट भएका लामा चलचित्रहरुमा हेलुक्व (लिम्बु), लोम्बा (मगर), कृषा गौतमी (नेवार) मैंरिमो (गुरुङ), सुम्निमा (राई), सेम ताबा म्ही (तामाङ) र शेरडा (मुस्ताङ्ग) रहेकाछन् । यसैगरी छनौट भएका लघु चलचित्रहरुमा फेके (मगुाल), बन्ठी (माझी), कल्ली (नेवार) र लाज (थारु) रहेका छन् ।

छनोट भएका ७ लामा चलचित्र मध्यले विभिन्न १० विधामा प्रतिष्पर्धा हुनेछ । उक्त चलचित्रहरुबाट सर्वाेत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, कथा, छायाँकार, सम्पादक, भेषभुषा, संगीत, निर्देशक र पब्लिक च्वाईसको बिभिन्न विधामा अन्तिम स्पर्धा गराईने महोत्सवका संयोजक मणी बाङदेल राईले बताए । उत्कृष्ट चलचित्रलाई एकलाख नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने उनले बताए । छनोट भएका ४ लघु चलचित्रको हकमा भने सर्वाेत्कृष्ट सर्ट फिल्म र पब्लिक च्वाईसको लागि मात्र प्रतिस्पर्धा गराईनेछ ।

चलचित्र छनोट समितिमा डा. कृष्ण भट्टचन, छिरिङ रितार शेर्पा, अमृत योञ्जन, नबिन सुब्बा र अमृतबहादुर सुनुवार रहेका थिए ।

 

प्रकाशित मिति : १८ श्रावण २०७४, बुधबार  ७ : १२ बजे