२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

बेखर्ची डोल्मालाइ शेर्पा किदुग अमेरिकाद्वारा पाँचहजार डलर सहयोग


२० श्रावण २०७४, शुक्रबार  

0
Shares

काठमाडाैं । कुवेतबाट मृत्युदण्ड माफी पाएर १० वर्ष कराबास बसेर स्वदेश फर्केकी डोल्मा शेर्पालाइ शेर्पा किदुग अमेरिकाले पाँचहजार डलर सहयोग गरेको छ ।

शुक्रबार काठमाडाैंको शेर्पा सेवा केन्द्रमा एक कार्यक्रम गरी उनलाइ उक्त रकम बराबरको चेक प्रदान गरिएको हो । हाल डोल्मा बेखर्ची भएर महाराजगन्जस्थित एक अाश्रयघरमा बसिरहेकी छन् ।

कार्यक्रमा नेपाल शेर्पा सेवा संघका अध्यक्ष एडी शेर्पा, शेर्पा सेवा केन्द्रका अध्यक्षा सोनाम छोटी शेर्पा, शेर्पा किदुग अमेरिकाकी सदस्य फुटी शेर्पा, डोल्मा बचाउ अभियानका संयोजक लाक्पा ठिन्ले शेर्पा(हिमाली कान्छा)को उपस्थिति थियो ।


प्रकाशित मिति : २० श्रावण २०७४, शुक्रबार  ५ : ३२ बजे