२७ माघ २०८१, आइतबार | Mon Feb 10 2025

एउटै मतपत्र र बाकस बनाएर केन्द्र र प्रदेशको निर्वाचन एकैदिन गर्न सकिन्छ: प्रचण्ड


२५ श्रावण २०७४, बुधबार  

0
Shares

बुटवल । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र प्रदेशको निर्वाचन एकैदिनमा गर्न सम्भव रहेको बताउनुभएको छ ।

बुधबार पे्रस सेन्टर रूपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले दुवै तहको निर्वाचन मंसिरको पहिलो साताभित्र हुन सक्ने सम्भावना रहेको बताएका हुन् ।

अध्यक्ष दाहालले प्रदेश र केन्द्रको चुनाव एकैदिन गराउन सम्भव हुने र यसका लागि कुनै संवैधानिक अप्ठ्यारो नपर्ने उल्लेख गर्दै एउटै मतपत्र र बाकस बनाएर एकैदिन केन्द्र र प्रदेशको निर्वाचन गराउन सकिने बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७४, बुधबार  ६ : १० बजे