२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

अमेरिकामा बाढीपहिरो पीडितका लागि राहत संकलन सुरु


३१ श्रावण २०७४, मंगलबार  

0
Shares

न्युयोर्क । भारी वर्षाका कारण नेपालमा बाढीपहिरोका कारण जन धनको क्षति भईरहेकोमा दुख व्यक्त गर्दै अमेरीकामा रहेका नेपाली संघ संस्थाहरुले राहत संकलन सुरु गरेका छन् ।

अविरल वर्षाका कारण उत्पन्न प्रकोपका बाट पीडित नेपालीहरुका लागी सक्दो सहयोग गर्न अपिल सहित अमेरिकाका नेपाली संघसंस्थाहरुले राहत संकलन अभियानलाई तीब्र पारेका हुन् ।

अमेरिकाका नेपालीहरुको साझा संस्था एनआरएन अमेरीका लगायत अमेरीकाका बिभिन्न सहरमा रहेका नेपाली संघ संस्थाहरुले बिभिन्न अनलाइन माध्यमबाट राहत संकलन शुरु गरेका हुन् । बिशेषगरी एनआरएन अमेरीका संगै नेपाली समाज टेक्सास, मधेसी एसोसियसन अमेरीका लगायतका नेपालीहरुका संघ संस्थाहरु राहत संकलनका लागि अघि बढेका छन् ।

एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेलले एक विज्ञप्ती जारी गर्दै जन्मभुमीमा परेको विपत्तीमा प्रवासी नेपालीहरुको साथको खांचो रहेको बताउंदै प्रवास त्यसमा पनि अमेरीकाका नेपालीहरुले सक्दो सहयोग गर्न अपिल गरेका छन् ।

यस्तै नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेले पनि पिडित नेपालीहरुलाई थोरै भएपनि राहत प्रदान गर्न अग्रसर भएकोले सबैले सहयोग गर्न आग्रह गरेका छन् । मधेसी एसोसिएसनका शुनिल शाहले पनि राहत संकलन शुरु गर्दै सबैले सहयोग गर्न आग्रह गरे ।

सबै संघ संस्थाहरुले संकलन गरेको राहत रकम एनआरएन अमेरिकामार्फत पीडितसमक्ष पु¥याएमा प्रभावकारी हुने ग्रेटर अस्टिन नेपाली सोसाइटीका पुर्व अध्यक्ष गेहेन्द्र केसी बताउछन् । भूकम्पका बेला करोडौं रकम अमेरीकामा संकलन भएपनि आफ् आफ्नो तरिकाले नेपाल पठाउंदा देखिनेगरि प्रभावकारी नभएकोले राहत एकै माध्यमबाट पिडित समक्ष पुगेमा प्रभावकारी हुने केसी को भनाई छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार  ८ : ३० बजे