न्युयोर्क । नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले नेपालमा आएको बाढीपहिरोले गरेको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । नेजाका अध्यक्ष भोला आचार्यले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जन्मभूमी नेपालमा अहिले भारी बर्षातका कारण आएको बाढी, पहिरो र डुबानमा परी ठूलो जनधनको क्षति भएकोमा नेपाल अमेरिका पत्रकार संघ, नेजा गहिरो दुःख व्यक्त गर्दछ ।’
यसैगरी नेजाले यस्तो विपतमा सबै सहयोगी निकायलाई उद्दारमा सहयोग गर्न र सहयोगी हात बढाउन अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, àयस्तो बिपतको समयमा अमेरिकामा रहेका नेपाली र नेपालसग संवन्धित संघ संस्थाहरुलाई सहयोगका हातहरु अगाडि बढाउन पनि नेजा आह्वान गर्दछ ।’