२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

चौथौ हिमालयन फेस्टिभल युएसए सम्पन्न: मिस भुटान युयसएको ताज आरती तामाङलाई


३१ श्रावण २०७४, मंगलबार  

0
Shares

एभरेस्ट टाईम्स सम्वाददाता/पेन्सल्भानिया

अमेरिकामा बर्षेनी आयोजना हुने हिमालयन फेस्टिभल युएसएको चौथौ श्रृंखला पेन्सलभानिया राज्यको हरिसबर्ग सहरमा सम्पन्न भयो । गत जुलाई अन्तिममा सम्पन्न भएको उक्त फेस्टिभलमा सकर टुर्नामेन्ट, नृत्य, गायन लगायतको प्रतियोगिता गर्दै मिस भुटान युएसए २०१७ ब्युटी पिजेन्ट प्रतियोगितामा फेस्टिभल सम्पन्न गरिएको थियो । फेस्टिभल आयोजकले दिएको जानकारी अनुसार सकर प्रतियोगितामा पुरुषतर्फ २७ र महिलातर्फ ७ गरी सबैभन्दा बढी समूहले भाग लिए । हरिसबर्गस्थित भुटानिज अमेरिकन कम्युनिटीको सहआयोजनामा सम्पन्न सकर टुर्नामेन्टमा महिला समूहतर्फ नर्थ ड्याकोटाका साईनिङ स्टार क्लब विजय भएका थिए भने पुरुष समूहतर्फ ईन्डियनाका समूहले विजय हात पारेका थिए ।

हिमालयन फेस्टिभलको मूख्य आकर्षणको रुपमा मिस भुटान युएसए २०१७ प्रतियोगिता रहेको थियो । चौध प्रतियोगीलाई नायिका प्रियंका काकीले प्रशिक्षण दिएकी थिइन् । ट्यालेन्ट राउन्डबाट छानिएका १० जनावीचमा प्रश्नोत्तर राउण्ड गरी अन्तिम छ जना छानिए । निर्णायक प्रश्नको सरल तथा गहकिलो जवाफ दिएर प्रतियोगि नम्बर १० की आरती घिसिङ तामाङले मिस भुटान युएसए २०१७ को ताज आफ्नो बनाइन् । प्रायः नकारात्मक रुपमा लिने शरणार्थी शब्दले के जनाउँदछ र तपाई यसलाई कसरी ब्याख्या गर्नु हुन्छ ? प्रश्न थियो । ‘बिभिन्न अपठ्यारा र कठिनाईको सामना गर्दै आफू जन्मेको भूमीबाट अर्को देशमा बसाई सरेको ब्यक्तीलाई आफूले शरणार्थी संज्ञा दिइन्छ । उक्त व्यक्तिले नयाँ ठाउँमा नयाँ जीवनको लागि कठिन संघर्ष गर्नु पर्दछ । यसर्थमा म शरणार्थीलाई बिजेता मान्दछु र आफुलाई शरणार्थीको रुपमा चिनाउन गौरव ठान्दछु,’ तामाङको जवाफ थियो । प्रतियोगितामा मिस नेपाल अर्थ नग्मा श्रेस्ठ, फेसन डिजाईनर शुभेक्षा बादेल र कलाकार मनोज आरसी जुरीमा रहेका थिए ।

कार्यक्रममा बिकास क्षेत्री हिमालयन फेस्टिभल युएसए प्याट्रोनमा र डिबी चौहान शिक्षा क्षेत्रमा लाईभ टाईम अचिभ्मेन्टमा सम्मानित भएका थिए । हिमालयन फेस्टिभल युएसएका प्रेसिडेन्ट राजेन गिरीले क्षेत्री र चौहानलाई सम्मान पत्र प्रदान गरेका थिए । समुदायमा अगुवाहरुको उचित सम्मान गर्दै नेपाली भाषा र सँस्कृतीको संरक्षण, संवद्र्धन गरी नेपाली मूलका भुटानिज अमेरिकनहरुको चौतर्फी विकासमा हिमालयन फेस्टीभल युएसएले जोड दिदै आएको गिरीले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार  ७ : २५ बजे