२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

 पलेँटीमा मीना निरौला 


१ भाद्र २०७४, बिहिबार  

0
Shares

काठमाडाैं । नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी

श्रृंखलामा यस पटक संगीतकार आभासले गायिका मीना निरौलामार्फत् आफ्ना सृजनाहरू प्रस्तुत गर्ने भएका छन् ।

नेपाली चलचित्र संगीतमा अहिले चर्चित मीना निरौला झण्डै एक दशक पहिलेदेखि पलेँटीसित आवद्ध रहेकी गायिका हुन् । मीनाले यसभन्दा पहिले सुप्रसिद्धगीतकार रत्न शमशेर थापा, किरण खरेल, राममान तृषित, दिनेश अधिकारी र मुर्धन्य संगीतकार अम्बर गुरूङ, शान्ति ठटाल लगायत सँग अरू दर्जनौं पलेँटीमाआफ्नो सहगायन प्रस्तुत गरिसकेकी छन् । यसपालीको पलेँटी भने मीनाको एकल गायनको पहिलो पलेँटी हुनेछ ।

 

संगीतकार आभास पलेँटीलाई प्रारम्भदेखि नै संयोजन गर्दै आइरहेका संगीतकर्मी हुन् । सन् २००६ मा पलेँटीले दार्जी्लिङका नेपालीभाषी कलाकारलाई पनिसमेट्न शुरु ग¥यो । सन् २००७ मा यसको दायरा अझै फराकिलो पार्ने उद्देश्यले संगीतकार आभास भारतको उत्तरपूर्वी राज्यहरूको भ्रमणमा निस्के । मनिपुरपुगेपछि उतै काङ्लातुम्बीका अगुवा कलाकार शान्तनुकुमार लिम्बु पलेँटीका लागि निम्त्याइए । उनै शान्तनुमार्फत् नेपालमै घरजम गरेर भित्रिएकी मीनाकोपलेँटीमा प्रवेश भएको थियो ।

 

‘मीनाले सन् २००७ मा शान्तनुकुमार लिम्बुको पलेँटीमा आफैँले स्वरदिएको एउटा मनिपुरी चलचित्रको गीत शान्तनुकासाथ प्रस्तुत गरिन् । भाषा नबुझ्ने त्यो गीतकोगायकी सुनेर हामी मीनाको प्रसंशक भएको हो ।’ संयोजक आभासले मीनाको पलेँटी प्रवेशको विगत सम्झिए । ‘मीना बहुआयामिक स्वर भएकी प्रतिभाशालीगायिका हुन् ।’ आभासले उनको गायकीको प्रसंशा गरे ।

 

‘म संगीतकै लागि काठमाण्डौ भित्रिएकी थिएँ, मेरो अहोभाग्य हो पलेँटीमा स्थान पाएँ । आफूले कल्पनामा पनि नसोचेका आदरणीय अगुवाहरूसित सँगै मञ्चमागाउन पाएँ । पलेँटी त मेरो घर हो र साथै संगीतको गुरुकुल पनि हो ।’ पलेँटीमा एकल गायनका निम्ति तयारी गरिरहेकी मीना उत्साहित भइन् ।

 

आभासले यसपालीको पलेँटीमा गायिका मीना निरौलाका निम्ति नयाँ र पुराना गरेर झण्डै १६ वटा गीत छानेका छन् । केही युगल गीत पनि रहने छन् जसलाईआभास आफैँले मीनाका साथ प्रस्तुत गर्ने छन् । यासपालीको पलेँटीका निम्ति छानिएका गीतमा वैरागी काईंला, मञ्जुल, दिनेश अधिकारी, श्रवण मुकारुङ रआभासका शब्दहरू रहेका छन् । संगीतकार आभासले मीनाकै स्वरका लागि सृजना गरेका नयाँ गीतहरू पनि यसपालीको पलेँटीमा पहिलोपल्ट प्रस्तुत हुनेछन् ।

 

गायिका मीना निरौला र बेनुका राईलाई साथमा लिएर संगीतकार आभासले केही महिना पहिले तीन दर्जनभन्दा धेरै बालगीतहरू रेकर्ड गराएका छन् । मीनालेनेपालयले पुस्तकसहित प्रकाशन गर्ने तयारी गरिरहेका बालगीतहरूको केही झलक पनि प्रस्तुत गर्नेछिन् ।

 

यो महिनाको पलेँटी २५ अगष्ट शुक्रवारको साँझ, सँधै पलेँटी आयोजना गरिने कार्यक्रम स्थल कालिका मार्ग स्थित नेपालयको ’आर’शालामा प्रस्तुत हुनेछ ।

प्रकाशित मिति : १ भाद्र २०७४, बिहिबार  ४ : ४३ बजे