२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

छोकी ङिमा रिम्पोचेद्वारा न्युयोर्कमा अभिषेक दिइने


३ भाद्र २०७४, शनिबार  

0
Shares

न्युयोर्क । बौद्धधर्म गुरु छोकी ङिमा रिम्पोचेले यही सेप्टेम्बरको १ तारिख शुक्रबारको दिन जम्बला धनदेवताको अभिषेक दिनु हुने भएको छ । बौद्ध धर्मको विषयमा विश्वमा ख्याती कमाउनु भएका रिम्पोचेले न्युयोर्कमा हिमाली समुदायलाई लक्षित गरि पहिलो पटक यो अभिषेक दिन लाग्नुभएको हो ।

रिम्पोचे हरेक वर्ष अपस्टेटको न्युयोर्कस्थित ग्यारिसन इन्सटिच्युडमा अमेरिकनहरुलाई धार्मिक प्रवचन दिदै आउनु भएको छ ।  यसपटक भने न्युयोर्कबासी सवैको हित र कल्याणका लागि उहाको चेलाहरुको विशेष अनुरोधमा रिम्पोचेले जम्बालाको यो विशेष अभिषेक दिन लागेको हो’ रिम्पोचेको चेला मध्येको जोपा ह्योल्मोले भने ।  अभिषेक कार्यक्रम उहाँको शिष्याहरुले आयोजना गरेका हुन् । उक्त कार्यक्रम उडसाइडस्थित गुल्सन टेरेसमा बिहान ११ बजेदेखि बेलुकी ८ बजेसम्म हुने भएको छ । रिम्पोचेले बुद्ध दर्शनको ज्ञान दिनुको साथै नेपालको सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउदै आउनु भएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७४, शनिबार  ९ : १७ बजे