१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाली फुरु तिब्बतमा लोकप्रिय


११ भाद्र २०७४, आइतबार  

0
Shares

बझाङः उत्तरी छिमेकी देश चीनको स्वशासित क्षेत्र ताक्लाकोटमा नेपाली ‘फुरु’को व्यापार बढ्दै गएको छ । हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पागरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा फुरु तिब्बतमा उडन कपका नामले चिनिन्छ ।

नेपालका विभिन्न जंगलमा पाइने यो काठबाट आफै भाँडा निर्माण गर्नु हुम्ला र बझाङका तामाङ जातीको पुख्र्याैली पेशा पनि हो । तिब्बतीहरूको जन्म, मृत्यु, विवाहदेखि विभिन्न शुभ कार्यमा शोख र शानको प्रतीकका रूपमा लिइने फुरुको व्यापार गर्न हुम्ला र बझाङका २० भन्दा बढी व्यापारीहरूले ताक्लाकोटमा पसल नै खोलेका छन् ।

चीनको ताक्लाकोट बजारमा नेपालीले वर्षौंदेखि हस्तकलाका सामान फुरु नेपाली गलैंचा, जडिबुटी लगायतका सामानसमेत सो क्षेत्रमा बिक्री गर्ने र चिनियाँ बजारबाट दैनिक उपभोग्यका सामान चामल, मैदा र तयारी कपडा नेपालमा ल्याउने गर्दै आएका छन् । हस्तकलाका सामानमा त्यहाँकोे स्थानीय सरकारले भन्सार तिर्नुनपर्ने व्यवस्था गरेको छ ।

परम्परागत रूपमा नै फुरु वनाउने काममा यहा“का मानिसहरू संलग्न भए पनि पहिला त्यति सजिलै बिक्री हुदैनथ्यो । चीनको ताक्लाकोट बजारमा नेपाली हस्तकलाका सामानमा त्यहाँकोे स्थानीय सरकारले भन्सार तिर्नुनपर्ने प्रावधान बनाएसँगै फुरुको कारोबार निकै चम्किएको छ ।

वर्षमा २/३ अर्ब रुपैयाँ बराबरको फुरु बिक्री हुने गरेको नेपाल चीन उद्योग व्यापार संघका सचिव तथा बझाङका व्यापारी जगत तामाङले बताए । लगानीभन्दा दोब्बर÷तेब्बर नै फाइदा हुने भएकोले फुरुको व्यापारमा आकर्षित भएको उनको भनाइ छ । कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति : ११ भाद्र २०७४, आइतबार  ७ : ३९ बजे