काठमाडौं । यस वर्षको मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ काव्यले पाउने भएको छ । यस्तै जगदम्बा-श्री पुरस्कार दुर्गा बराल वात्सायनलाई प्रदान गर्ने निर्णय मदन पुरस्कार गुठीले गरेको छ ।
२०७३ मा प्रकाशित भएका मध्ये गुठीमा प्राप्त १९५ पुस्तकबाट कँडेलको ‘धृतराष्ट्र’लाई मदन पुरस्कारका प्रदान गर्ने निर्णय मदन पुरस्कार गठीको बैठकले गरेको हो ।
मदन पुरस्कार-२०७३ का लागि गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहानको सीधा उडान, धृतराष्ट्र, प्रतिनायक, म स्त्री अर्थात आइमाई, शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराइलाई उत्कृष्ठ ९ पुस्तकका रुपमा छनौट गरिएको थियो ।