४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

राम रहीम बाबा बलात्कारी ठहर, दस वर्ष जेल सजाय


१२ भाद्र २०७४, सोमबार  

0
Shares

नयाँ दिल्ली । भारतका धर्मगुरु गुरमीत रामरहीम सिंहलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

भारत हरियाणाको धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका गुरुमीत रामरहीम सिंहमाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजन गराएकोलगायत आरोप थियो ।

भारतीय अनलाइन मिडिया दैनिक भास्करकाअनुसार बलात्कार मुद्दामा दोषी पाइएका उनलाई अदालतले १० वर्षको जेल सजाय सुनाएको हो । सोमबार अदालतले सजाय सुनाउनुपूर्व नै सम्भावित हिंसालाई मध्यनजर हरियाणाको सिरसामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

हरियाणाका बजार पसल तथा सबै शैक्षिक संस्था बन्द छन् । यस्तै इन्टरनेट सेवा समेत बन्द गरिएको छ । मंगलबार बिहान पौने १२ बजेपछि मात्रै शैक्षिक संस्था र इन्टरनेट सेवा खुल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

१५ वर्ष पुरानो यौन शोषणको मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । यौन शोषण गरेको पुष्टि भएपछि रामरहिमका अनुयायीले आश्रम छोड्न थालेका छन् । उनलाई अदालतले दोषी ठहर गरेपछि भड्किएको हिंसामा अहिलेसम्म ३८ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७४, सोमबार  ५ : ५३ बजे