न्युयोर्क- दुर्गा मन्दिर तथा सामुदायिक भवन निर्माणको लागी रिज्युउड नेपाली सोसाइटीद्धारा आयोजना गरेको महापुराणको अन्तिम दिन नेपाली जनसम्पर्क समिति अमेरिकाले सवैभन्द बढि १ लाख २५ हजार ५ सय २५ डलर दान दिएको छ । समितिले उक्त रकम एक वर्षभित्र संकलन गरेर हस्तन्तरण गर्ने भएको छ ।
उक्त दान घोषणा गर्ने वेला जन सम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, जन सम्पर्क समितिका पुर्व अधिबेसन संयोजक विष्णु सुवेदी, महासचिव मुनिन्द्र नेम्हाङ, सदस्यहरु वेद खरेल र पिताम्बर भुसाल उपस्थित थिए । महापुराणमा यस अघि प्रवासी नेपाली मञ्चले १ लाख ११ हजार १ सय ११ दुई वर्ष भित्रमा दिने भनी नमुना चेक प्रदान गरेका थिए ।