४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

संघीय र सातवटै प्रदेशसभामा एमालेले बहुमत ल्याउँछ: ओली


१६ भाद्र २०७४, शुक्रबार  

0
Shares

पोखरा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद् र सातवटै प्रदेश सभामा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।

शुक्रबार नेकपा एमाले प्रदेश संगठन कमिटी प्रदेश नं– ४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान, सत्तामा रहँदा आर्थिक समृद्धिका लागि गरिएको बजेट विनियोजनजस्ता कार्यक्रमले आफ्नो दलको विजय अभियानलाई अब कसैले रोक्न नसक्नेमा जोड दिएका हुन् ।

प्रदेश नं– २ मा असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा एमालेलाई चारैतिरबाट घेराबन्दी गर्न खोजिए पनि पहिलो पार्टी नै बन्ने दाबी गर्दै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी पार्टीसँगको सहमतिबिना नै त्यस प्रदेशमा स्थानीय तहको संख्या बढाइएकोमा आपत्ति जनाए ।

संघीय संसद् र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुनुपर्छ भन्ने पक्षमा एमाले रहँदारहदै पनि दुईचरणमा गर्न लागिएकामा विरोध जनाउँदै उनले भने– “ दुई चरणमा चुनाव गर्न खोज्नु धाँधलीको संकेत हो । ”

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार  ५ : १६ बजे