टेक्सास । टेक्सासको ह्यूस्टन शहरमा आएको हार्भी नामक शक्तिशाली बाढी र आधीवेहेरीले विहिबारसम्म ३७ जना मृत्यु भएको अमेरिकी अधिकारीहरुले जनाएको छ । टेक्सासको सार्वजनिक सुरक्षा विभागले जनाए अनुसार विनाशकारी हार्भीले ३७ हजार घरहरु गम्भिर रुपमा क्षति भएको छ भने ७ हजार घरहरु पूर्ण नष्ट भएका छन् । १० हजार सामान्य क्षति भएको छन् । सरकारले घटनास्थलमा ६ हजार भन्दा बढी सैनिक उद्धारमा खटाए अनुसार कैयोलाई उद्धार गरिरहेका छन् । निरन्तर पानी र आधीवेहेरीको कारण उद्धार कार्यमा निकै असुुविधा भएको थियो ।
अहिले त्यहा“को मौसममा सुधार आएपनि हार्भिको कारण कयौ स्थानमा खानेपानी, तेल लगायत उपभोग्य वस्तुको अभाव देखिएको छ ।
हर्भिको डुबानमा परेकोहरुलाई कोस्टगार्डले ६ हजार मानिस र १ हजार जनावरलाई उद्धार गरेको जनाएको छ । उद्धारकर्ताहरुले अहिलेसम्म अझै कति हराइरहेका छन् र कतिको मृत्यु भएको यसको यकिन जानकारी नभएको जनाएको छ । प्रभावित क्षेत्रका सबै स्थानमा पुगेरपछि मात्र यो थाहा हुन्छ की अहिलेसम्म कति क्षति भयो भनेर हरिस काउन्टीको फिमाका निर्देशक टम फरगिनीले सन्चारमाध्यालाई वताए । उनका अनुसार हार्भि पिडितहरुको लागी सरकारले ५७ मिलियन डलर सहायता दिइसके अनुसार ३ लाख २५ हजार व्यक्तिहरुले फेडरलको आपतकालिन सहायता पाएको छ ।
हार्भिको कारण घर डुबानमा परेर समास्यामा परेकोहरुलाई विभिन्न स्थानमा सेल्टरको व्यवस्था गरे अनुसार ३२ हजार भन्दा बढिलाई सरकारले सेल्टरको सुविधा दिएको छ । हर्भि आंधीबेरीमा अलपत्र परेको वेला सहयोगका लागि ६० हजार देखि ७० हजार व्यक्तिहरुले आपत्कालीन फोनकल गरेको अधिकारीले जनाइएको छ । न्युयोर्कपछिको धेरै नेपालीको बस्ती रहेको टेक्सास राज्य हो । हर्भि प्रभावित क्षेत्र टेक्सासको हुष्टनमा बस्ने नेपालीहरुलाई कहा कति क्षति भयो भनेर यो समाचार बनाउदा सम्म अहिलेसम्म केही जानकारी आएको छैन ।
तस्विर साभारः न्युयोर्क टाइम्स र फक्स न्युज