२७ आश्विन २०८१, आइतबार | Mon Oct 14 2024

बाढी पिडितलाई न्युयोर्कबाट सहयोग ।


१८ भाद्र २०७४, आइतबार  

0
Shares

एभरेष्ट टाईम्स् प्रतिनिधी, न्युयोर्क ।

नेपालमा हालैको बाढी पिडित २२ घर मुसहर परिवारलाई न्युयोर्कबाट १ लाख ४३ हजार ७८ रुपैया सहयोग पुगेको छ । न्युयोर्क, न्युजर्सी, मेरिल्यान्ड, कनेक्टिकट, भर्जिनिया, क्यालिफोर्निया, टेक्सास, कोलोराडो, पेन्सलभेनिया लगायत राज्यहरुमा बसोबास गर्ने नेपालीहरुबाट सँकलित जम्मा १ लाख ४३ हजार ७८ रुपैयाँको सहयोग प्राप्ता भएको लोक तथा दोहोरी गायक मिलन लामाले जानकारी दिएका छन् । युवा छिरिङ योन्जनको पहलमा नेपालको बाढी पिडितको सहयोगार्थ सहयोग अभियान हुँदा उक्त रकम सँकलन भएको थियो । यसबाट चितवान जिल्ला स्थित रत्न नगर – ८ रमाईलो सुकुम्वासी वस्ती र बगर टोल सुकुम्बासी वस्ती साथै वार्ड ९ लालप्रसाद सुकुम्बासी वस्तीका विपन्न मुसहर २२ घर परिवारलाई सहयोग पुगेको सहयोग बितरण पछी गायक लामाले बताए । उनका अनुसार दैनिक अत्यवाश्यक पर्ने खाध्यान्न, लत्ताकपडा, झुल, ग्याँस र चुलो जस्ता सामाग्रीहरु तत्काल बितरण गरिएका थिए । बाढिले घरबारबिहिन भएका पाँच परिवारको घर निर्माण गरी सहयोग गर्न लागी परेको र यसको लागि थप सहयोगको आव्हान समेत गायक लामाले गरेका छन् । 

अाफू अमेरिकामा रहे पनि नेपालमा बाढीले बिनास गरी सर्वसाधारणको धनजनको क्षती र घरबार बिहिन बनाएको खबरले मन दुखेको हुँदा पिडामा रहेका नेपाली दाजुभाईलाई थोरै भए पनि सहयोग पुराउँन अाफुले सहयोगको लागि अाव्हान गरेको अभियन्ता योन्जनले बताए । उनको अाव्हानलाई धेरैको साथ र समर्थन पाउँदा निकै उत्साहित भएको उनले सुनाए । निकट भविश्यमा आफू जन्मी हुर्केको रामेछापको दोरम्बामा स्वास्थ्य शिविर राख्ने देखि थप जनमुखी कामहरु गर्न योजना बुन्दै गरेको बताउँदै उनले भने, “अरुलाई सहयोग गर्न पाउँदा खुशी लाग्छ” ।

सहयोगीहरुको नामावली र सहयोग रकम

प्रकाशित मिति : १८ भाद्र २०७४, आइतबार  ३ : १९ बजे