२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

डा भट्टराईको बाल कथासंग्रह ‘सम्पदा र विपदा’ सार्वजनिक


२१ भाद्र २०७४, बुधबार  

0
Shares

ललितपुर । प्राध्यपक डा तारानिधि भट्टराई लिखित बाल कथासंग्रह ‘सम्पदा र विपदा’ बुधबार सार्वजनिक भएको छ ।
विवेक सिर्जनशील प्रकाशनमा आयोजित कार्यक्रममा मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ रोदन, वरिष्ठ बाल साहित्य सर्जकहरु प्रमोद प्रधान, विजयराज आचार्य, शान्ति सापकोटा, सिर्जना शर्मा, वरिष्ठ चित्रकार केके कर्माचार्य, पत्रकारहरु गोपीकृष्ण ढुंगाना, क्रान्ति पाण्डेलगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

सात वटा कथा समावेश गरिएको किताबमा कीर्तिकिशोर जोशीको चित्र रहेको छ भने विनय कसजुले सम्पादन गरेका छन् । कथाहरु रोचक र नेपाली सम्पदाको सुन्दर वर्णण रहेको जुगल स्कुल कक्षा १० की छात्रा रोहिना महर्जनले बताइन् ।

‘ऐतिहासिक सम्पदा कसरी संरक्षण गर्नुपर्छ, विपद्हरुले कसरी सम्पदाको नोक्सान गर्छ, त्यसबाट कसरी बच्नुपर्छ भन्ने कुरा कथामा समावेश गरिएका छन्, नेपालका सम्पदालाई चिनाइएको छ,’ महर्जनले भनिन् ।

कथा पढ्दा आफु नै नेपालका प्राकृतिक सम्पदाहरुमा घुम्न गएजस्तो लागेको समीक्षक, साहित्यकार एवं पत्रकार प्रमोद प्रधानको कथन थियो ।
कथा नयाँ शैलीबाट लेखिएको र सम्पदाका विषय कथामा यसरी उतारिएको आफुले पहिलोपटक पाएको पत्रकार क्रान्ति पाण्डेले उल्लेख गरे । संग्रहमा समावेश कथाहरु किशोरहरुका लागि उपयुक्त हुने खालको भएको र ठुलाका लागि पनि ज्ञानवद्र्धक रहेको मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७४, बुधबार  ११ : २१ बजे