एनआरएन अमेरिकाको बुधाबार सम्पन्न निर्वाचनको नतिजा निर्वाचन कमिटिले घोषणा गर्न अगावै अनअफिसियली सार्वजनिक भएको छ । उक्त नतिजा अनुसार अध्यक्ष पदमा डा केशव पौडेलले ४२२९ मत प्राप्त गरि विजयी भएका छन । त्यस्तै उनका निकटम प्रतिद्वन्दी रबिना थापाले ३०८५ ल्याएकी छिन । अन्य दुई अध्यक्षका उम्मेद्धवरहरुमा टेक्सासका राम पोख्रेलले ९६४ मत र न्युयोर्कका कृष्ण पोख्रेलले ७८३ मत पाएका छन ।
त्यस्तै बरिष्ट उपाध्यक्षमा टेक्सासका सुनिल शाहले ४१४५ मत प्राप्त गरि विजय भएका छन भने उनका निकटम प्रतिद्वन्दी तेम्बा नुरु शेर्पा लामाले ३२४१ मत प्राप्त गरेका छन । त्यस्तै महासचिव पदमा बिआर लामाले २५९३ मत ल्याएर विजय भएका छन भने सचिवमा होमनाथ गौतमले २७१५ मत ल्याएर विजय भएका छन । कोषाध्यक्षमा डाक्टर प्रकाश अर्यालले २८२१ मत प्राप्त गरि विजय भएका छन भने सहकोषाध्यक्षमा पवन योन्जनले ५०८५ मत प्राप्त गर्दै विजय हासिल गरेका छन । त्यसैगरि क्षेत्रीय उपाध्यक्षहरुमा राधा पौडेलले ४२९० मत, रामकुमार सुबेदी २८५१, जेदु पोख्रेलले ४०४६, उमा कार्की थापाले ४१८४ ,महिला संयोजकमा इन्दिरा त्रिपाठी ४२२८ मत ल्याएर विजयी भएकी छिन । त्यसैगरि कार्य समितिको सदस्यहरूमा आङ ङिमा गेल्जेन शेर्पा, डाक्टर अर्जुन बन्जाडे, कृष्ण लामिछाने, तृष्णा शर्मा, सञ्जय थापा, दिव्या केसी ओली, गोपेंऽ राज भट्टराई, बिन्दु सापकोटा निरौला, अमृत कट्टेल, प्रीति सगर खत्री र विष्णु बहादुर शाहले विजय प्राप्त गरेका छन । त्यसैगरि एनआरएनको अन्तर्रा्ष्टि्रय समन्वय समितिमा गोमा सेन, धर्म भट्टराई, बिष्णुुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, बेदराज बस्नेत, डिल्लीराम भट्टराई र बलराम थापा बिजयी भएका छन । न्युयोर्क च्याप्टरको संयोजकमा रामहरि अधिकारी, महिला कोर्डिनेटरमा कन्चन बस्नेत, कोषाध्याक्षमा अनु खडका, सदस्यहरुमा बलराम श्रेष्ठ, बेगम पण्डित, गोपाल गुरुङ, इण्दिरा गर्ति र प्रेम कुमार राई विजयी भएका छन ।
कसरी सार्वजनिक भयो नतिजा ?
निर्वाचनको अन्तिम दिन प्रतीक सुबेदीले अन्तिम समयमा मत खसालेका थिए । मत खसालेपछि सुबेदीलाई निर्वाचनको लागी लिएको ‘इलेक्सन बडी.कम’, वेब पेजले उनको मत खसेको पुष्टि गर्दै परिणाम हेर्नका लागि लिंक उपलब्ध गराएको थियो । सुवेदीले पनि त्यही लिंक खोलेर निर्वाचनको नतिजा हेर्न पाएका थिए । उनले हेरेको वितिकै पहिलो पटक आफनो फेसबुकबाट सार्वजनिक गरे लगतै नतिजा बाहिर आएको हो । उनले रातीनै सार्वजनिक गरेपनि विहान मात्र सवैले थाहा पाएका थिए । त्यतिन्जेलसम्म निर्वाचन कमिटिलाई नतिजा बाहिर आएको केही थाहा थिएन । कमिटिले निर्वाचन सकेको तीन दिनभित्र यही शनिबार भर्जिनियामा नतिजा घोषणा गर्ने योजना बनाएका थिए तर एकाएक नतिजा सार्वजनिक भएपछि उनीहरु आश्चार्य मान्दै यसैलाई तत्कालै सार्वजनिक गरु वा के गरु भनेर छलफल गरिरहेको छ । ‘ नहुन भइहाल्यो अब इलेक्सनबडीले हामीलाई नतिजा दिएको वितिकै घोषणा गर्ने तयारी गरिरहेका छौ’ निर्वाचन कमिटिका सदस्य अन्जन श्रेष्ठले भने—‘ हामीले सवै प्रक्रिया पुरा गरेर पनि अन्तिम अवस्थामा प्रविधिक रुपमा चुक्नु पर्दा लज्जित भयो’ ।