काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले साेमबार पाँचाैपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
विस्तारित मन्त्रिपरिषद्मा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट ३ जना मन्त्री थपिएका हुन् । नवगठित मन्त्रिपरिषद्मा राप्रपाबाट संसदीय दलका नेता दीपक बोहरा, विज्ञान तथा प्रविधि, उपनेता विक्रम पाण्डे, वन तथा भू संरक्षण र सांसद् सुनिलबहादुर थापा, उद्याेग मन्त्रालय मन्त्री भएका छन् ।
राष्ट्रपति कार्यालयमा अायाेजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् । यो सँगै मन्त्रिपरिषद् ५३ जनाको भएको छ ।