गायक सविन राई र शिव परियारको सांगितिक कार्यक्रम यही सुक्रबार न्युयोर्कको मेलरोज बल रुममा हुने भएको छ । लछान फाउण्डेसन, लाइटआउट इन्टरटेनमेन्ट र छेपाक डि गुरुङको आयोजनामा हुन लागेको कार्यक्रम बेलुकी ८ बजेदेखि शुरु हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । कार्यक्रममा सविन र शिवसंगै अतिथि कलाकारको रुपमा भारतीय गायक अमित पल र स्थानीय विभिन्न व्याण्डहरुसंगै लाहुरे कान्छाको प्रस्तुती हुने भएको छ ।
‘ विदेशमा नेपाली संगितको प्रर्वद्धन गर्नका यो कार्यक्रम गर्न लागेको हो ‘ आयोजक छेपाक डि गुरुङले भने— ‘ दर्शकहरुलाई मनोरञ्जन दिई व्यवस्थित रुपमा गरिने यो पुरै नाफामुलक कार्यक्रम भएपनि संकलित रकमको केही बाढिपिडितलाई पनि दिने योजना रहेको छ ‘ छेपाकले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार कार्यक्रममा सविनले भिसा पाएपनि उनको व्याण्डले नपाएपछि कार्यक्रम आयोजना गर्दा आफुहरुलाई कठिनाई भएको बताए । कार्यक्रम १४ सय दर्शक अटने क्षमता रहेको मेलरोजमा गर्न लागेको गुरुङले बताए । सांगितिक कार्यक्रमपछिको डिजे जम, डिजे बाटु, डिजे बालकट र अतिथि डिजे पि्रयको प्रस्तुती हुने भएको छ ।