२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

एनआरएन अमेरिकामा निर्वाचन कमिटि र गौरिको भुमिका


Ang

२७ भाद्र २०७४, मंगलबार  

0
Shares


आङछिरिङ शेर्पा
एनआरएन अमेरिकाको निर्वाचन हुन्छ की हुदैन भनेर शंकै शंकाको वीच गएको हप्ता सम्पन्न भयो । यतिखेर निर्वाचनमा विजयी हुनेहरुलाई सामाजिक सन्जालभरि बधाई दिनेहरु ओइरिएका छन ।  पराजित भएकाहरुले पनि विजयी हुनेहरुले बधाई दिन थालेका छन । तर कतिपय आक्रोसित मनको पिडा पोखिरहेका छन । केहीले यो निर्वाचन फ्रड भयो भनेर प्रचारमा उर्लेका छन । निर्वाचन र खेलको प्रक्रिया हो कसैले जित्नुपर्छ कसैले हार्नुपर्छ । जहासुकै पनि निर्वाचन भइसकेपछि विभिन्न प्रतिक्रियाहरु आउनु स्वाभावीकै हो ।

सबैभन्दा ठुलो कुरो त निर्वाचन हुने नहुने शंकाको घेरा वीचको एनआरएन अमेरिको निर्वाचन सम्पन्न भएर एनआरएन अमेरिकाको उचाई बडेको छ । यदि आइसिसिको सम्मेलन अगावै निर्वाचन हुन नसकेको भए एनआरएन अमेरिकाको उचाई निकै तल गिथ्र्यो । यस पटक गौरि जोशिले अदालतमा आफुले निर्वाचन कमिटि, कमिटिका सदस्यहरु र बोर्ड विरुद्ध हालेको मुद्धा समयमै फिर्ता नलिएको भए निर्वाचन हुदैन्थ्यो । मुद्धाकै कारण निर्वाचन अन्यौलमा थियो । उनले मुद्धा फिर्ता लिएको वितिकै एनआरएन अमेरिकाभित्र खुसी हुनेहरु जति धेरै थिए तर उनलाई उचाल्दै हिडेका समुहका केही व्यक्तिहरु भने पुरै निराशित बनेका देखिए । निर्वाचन कमिटिले तीन पटकसम्म सुचीमा नाम गौरिका नाम नराखेपछि आफु अन्यायमा परेको भनी मुद्धा हालेका थिए । तर केही दिनपछि गौरिले यस अघि पनि मुद्धा झेल्नु परेको यो सस्थामा मुद्धा हालेर आफुलाई फाइदा भन्दा पनि बेफाइदा बढि देख्नुको साथै केही व्यक्तिहरुसगको विशेष साटगाठको कारण मुद्धा फिर्ता लिएका हुन । उनको स्वार्थ जेसुकै भएपनि सस्थाको विरुद्ध आफुले हालेको मुद्धा फिर्ता लिनु तारिफयोग्य कार्य भएको छ ।

यस पटकको निर्वाचनमा कमिटि र गौरिको भुमिका अविष्मरणिय रहयो । मातृभुमी नेपाल र प्रवासी नेपालीको हितमा केही गरौ भनेर खोलेको सस्थामा आफनो काम छोडेर दिनरात महिनौ खटेर निर्वाचन सम्पन्न गर्ने निर्वाचन कमिटिले निर्वाचन सम्पन्न गरेर प्रसंसानिया कार्य गरेको छ । भनिन्छ काम गदै जादा सानातिना त्रुटिहरु भइहाल्छ तर निर्वाचन कमिटिले राम्ररी निर्वाचन सम्पन्न गरेपनि उनीहरुबाट भएका केही गल्तिहरुले सबैतिर खल्लो बनाएकै हो । सुन्दा सामान्य लाग्छ तर आपसमा राम्रो संयोजन हुन नसक्दा र लापारवाहीकै कारण निर्वाचनको मिति सर्वसाधारणले बाहिर सार्वजनिक गरिसकेको निकै समयपछि आधिकारिक सुचना जारी गर्नु एउटा कमजोरि थियो । त्यस्तै निर्वाचन सके लगतै निर्वाचनको नतिजा बजारमा सार्वजनिक भएको १७ घण्टापछि आधिकारिक रुपमा सार्वजनिक गर्नु कमिटिको अर्को ठुलो कमजोरि भन्नुपर्छ । यसको साथै मतदानको वेला मतदाताहरुले चिनोस वा नचिनोस मन परोस या नपरोस उनीहरुले तोकेको सबैलाई भोट हाल्न बाध्य गराउनु निर्वाचन कमिटिको अप्रजातान्त्रिक शैलि थियो ।

कुनै पनि निर्वाचनमा मतदाताले आफुले रुचाएको व्यक्तिलाई मात्र मतदान गर्न पाउनु उनको अधिकार हो । यस पटक १४ हजार मतदाता भएको यो सस्थामा ९ हजारले मात्र मतदान गर्न पाउनु भनेको कमिटिले सार्वजनिक विदाको दिन निर्वाचन गर्न नसकेकोले कम भएको प्रष्ट भएको छ । महिनौ मेहनेत गरेर स्वस्थ्य र प्रक्रियागत रुपमै निर्वाचन गराउन सफल कमिटिले गरेको यो कमजोरिले उनीहरु आफै र सवैलाई नमिठो अनुुभुती भएको पक्कै हो । यसबाट अब बन्ने नया निर्वाचन कमिटिले पाठ सिक्नु पर्छ । यसपटकको निर्वाचनमा पनि भोट बैक वा हार्डड्राभको भोट होस या व्यक्तिगत जहाबाट भएपनि निर्वाचन प्रक्रिया स्वस्थ्य रुपमा भएको छ । मतदाताहरुले पनि उम्मेद्धवरहरु छानेरै निर्वाचित गरेका छन ।

यो निर्वाचनमा जित्नेहरुले छाती फुलाउनु आवश्याक छैन । पराजित हुनुहरुले पनि निराशा हुनुु आवश्याक छैन । जित्नेहरुले मतदाताको विश्वासलाई आत्मासात गरि सस्थामा काम गरेर देखाउनुपर्छ । निर्वाचनमा पराजित हुनेहरुले पनि सस्थामा आफुले कतिको योगदान गरेको छ भनेर आत्मा समिक्षा गर्नु जरुर छ । निर्वाचनमा आफु पराजित भयो अरु जित्यो भनेर बखेडा निकालेर मुद्धा मामलातिर गएमा घाटा आफैलाई हुने देखिएको छ । नेपाल र नेपालीको लागी भनेर स्वयमसेवा गर्ने यो सस्थामा जित्नेहरुलाई बधाई पराजित हुनेहरुलाई चिन्ता नगुर्नस सस्थामै बसेर केही गर्नुस जित कुनै दिन अवस्थ हुनेछ ।

प्रकाशित मिति : २७ भाद्र २०७४, मंगलबार  १० : १८ बजे