२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

पत्रकार न्यौपाने लिखित बाल चित्रकथा ‘ट्यालेन्ट शो’ सार्वजनिक


२९ भाद्र २०७४, बिहिबार  

0
Shares

काठमाडौं । पत्रकार दामोदर न्यौपाने लिखित बाल चित्रकथा ‘ट्यालेन्ट शो’ बिहिबार सार्वजनिक भएको छ ।

राजधानीको काँडाघरीमा रहेको अक्षरा स्कुलमा आयोजित कार्यक्रममा सोही स्कुलमा कक्षा ८ की श्रीतिका तिम्सिना, कक्षा ७ का एलेक्स अधिकारी र एसओएस बालग्रामकी सुजिता न्यौपानेले उक्त कृति सार्वजनिक गरेका हुन् ।

कृति सार्वजनिक भएपछि श्रीतिका र एलेक्सले चित्रकथाबारे आफुलाई लागेको कुरा राखेका थिए । श्रीतिकाले आफुलाई कथा निकै राम्रो लागेको र कथाको सार हरेक बालबालिकामा ट्यालेन्ट भएपनि कहिलेकही विभिन्न कारणले उनीहरुले आफ्नो ट्यालेन्ट देखाउन नपाउँदा सही बाटोमा लाग्न नपाउने सन्देश कथाको रहेको बताइन् ।

बाल साहित्कार श्रीराम राईले ट्यालेन्ट शो बाल मनोविज्ञानमा आधारित चित्रकथा भएको टिप्पणी गरे ।
कार्यक्रममा लेखक न्यौपानले आफु पहिलो पटक बालबालिका विषयको किताब पाठकमाझ ल्याउन पाउँदा खुसी लागेको बताए । बाल दिवसको उपलक्ष्यमा किताब विमोचन गर्न पाउँदा अर्को खुसी लागेको उनको भनाइ थियो । पत्रकार न्योपानेको ‘एम्बुसमा ६ वर्ष’ र ‘सिकाईमा गहिरिएको खाडलः कर्म’ यसअघि बजारमा चर्चामा आइसकेका कृति हुन् ।
कार्यक्रममा बाल साहित्यकार यमुना पराजुली, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहिबार  ४ : ३४ बजे