१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सरकारमा दुइ राज्यमन्त्री थपिदै


२ आश्विन २०७४, सोमबार  

0
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ ।

पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने शर्मा पहिलोपटक राज्यमन्त्री हुन लागेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा भोलि अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकोले आजै शपथ गराउने कार्यक्रम रहेको राप्रपा प्रजातान्त्रिकले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७४, सोमबार  १ : ०४ बजे