मेक्सिकोमा मंगलबार गएको शक्तिशाली भूकम्पमा २० बालबालिकासहित २ सय ४८ जनाको मृत्यु भएको डेलीमेल अनलाइनले जनाएको छ ।
मध्य भूभागमा गएको ७.१ म्याग्निच्युडको भूकम्पपछि भएको भागदाैडमा ३० जना बालबालिका र ८ जना वयस्क बेपत्ता भएका छन् ।
स्थानीय समयअनुसार भूकम्प दिउँसो १ बजेर १४ मिनेटमा गएको थियो । भूकम्पको धक्का महसुस गर्नासाथ हजारौं सर्वसाधारण सडकमा निस्केका थिए । भूकम्पमा राजधानी मेक्सिको सिटीका दर्जनौं घर भत्केका छन्।
३२ वर्षअघि गएको भूकम्पमा राजधानी मेक्सिको सिटीमा १० हजारभन्दा बढीको मृत्यु भएको थियो । त्यसैको सम्झनामा गरिएको कार्यक्रम सकिएलगत्तै त्यहाँ भूकम्प गएको थियो।
मेक्सिकोको दक्षिणी भूभागमा यसै महिनाको सुरुमा ८.१ म्याग्निच्युडको भूकम्प जाँदा ९० जनाको मृत्यु भएको थियो ।