१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

नेपाल लोकतान्त्रिक फोरमः सर्लाही र राैतहटमा एक एक तह विजयी


५ आश्विन २०७४, बिहिबार  

0
Shares

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले सर्लाहीको विष्णु गाउँपालिकाको प्रमुख जितेको छ।

फोरम लोकतान्त्रिकका उम्मेद्वार जवाहरलाल यादव १९४६ मतसहित विजयी भएका हुन्।

यसअघि रौतहटको रौतहटको ईशानाथ नगरपालिकाको मेयरमा नेपाल फोरम लोकतान्त्रिकका उम्मेद्वार विजयी भएको थियो।

फोरम लोकतान्त्रिकका उम्मेद्वार सन्तोष मेहताले ५ हजार ७ सय ८५ मत ल्याएर मेयरमा विजयी भएका हुन्। उपमेयरमा पनि फोरम लोकतान्त्रिककै हुसनी आरा खातुनले ५२३६ मत प्राप्त गरी विजयी भएकी छन्। यो सँगै फोरम लोकतान्त्रिकले प्रदेश नम्बर २ मा २ स्थानमा विजयी भएको छ।

प्रकाशित मिति : ५ आश्विन २०७४, बिहिबार  ७ : ५७ बजे