२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

एपीवानको कार्यक्रममा प्रस्तुत विषयमाथि बाैद्ध महासंघको गम्भीर अापत्ति


९ आश्विन २०७४, सोमबार  

0
Shares

काठमाडाैं । एपी वान टेलिभिजनमा प्रसारण हुने तमसोमा ज्योतिर्गमय कार्यक्रममा प्रसारित एक विषयलाइ लिएर नेपाल बाैद्ध महासंघले गम्भीर अापत्ती जनाएको छ ।

भदाै ११ गते प्रसारित उक्त कार्यक्रममा बाैद्ध धर्म र गुम्बाप्रति गम्भीर द्वेष उत्पन्न हुने गरी कार्यक्रमका प्रस्तोता टीकाराम यात्री प्रस्तुत भएको र उक्त कार्यक्रममा अतिथि डा. युवराज संग्रौलाले पनि साथ दिएको भन्दै महासंघका अध्यक्ष अाचार्य कर्मा रिन्छेन शेर्पाले असोज ८ गते विज्ञप्ति जारी गर्दै अापत्ती जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘टेलिभिजनबाट धार्मिक भेदभाव र घृणा उत्पन्न गरी पत्रकार अाचार संहिताको उलंघन गर्दै बौद्ध दर्शन गुम्बाको संख्या बढेको भन्दै धर्मनिर्पेक्ष राष्ट्रमा धर्मिक शृङ्खला द्वन्द्व शृजना गर्ने प्रस्तोता टीकाराम यात्री र कु डा. युवराज संग्रौलालाई तत्काल कारबाही गरियोस ।’

नेपाल पत्रकार महासंघलाइ बोधार्थ जानकारी गराउँदै सम्पूर्ण गुम्बा बिहारहरूको नेतृत्व गर्दै महासंघका अध्यक्ष शेर्पाले नेपालका गुम्बाहरू बाैद्ध दर्शन र शान्तिका लागि निर्मित पवित्र मन्दिर भएकोले अनर्गल प्रचार नगर्न अनुरोध गरेका छन् ।

यस्तो छ भिडियो

 

प्रकाशित मिति : ९ आश्विन २०७४, सोमबार  ९ : १७ बजे