१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

प्रधानमन्त्री देउवाद्वारा नेपालमा लगानी गर्न आग्रह


९ आश्विन २०७४, सोमबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान जनताको मौलिक हक र समावेशिताका लागि बनेको बताएका छन । ‘जनताले पाउने सबै प्रकारका अधिकार कसैले खोस्न नसक्ने गरि बनेको संविधान नेपाली जनताको भावना अनुसारनै बनाएको हो,’ प्रधानमन्त्री देउवाले भने, ‘सबैको राय सुझाव र सहयोगमा बनेको संविधानले राज्यका तीनै अंगबीच शक्ति सन्तुलन र नियन्त्रणको उत्कृष्ट व्यवस्था गरेको छ ।’ प्रधानमन्त्री देउवाले नेपाली महाबाणिज्यदुतद्वारा क्वीन्समा आयोजित राष्ट्रिय संविधान दिवसको अवसरमा नेपालको संविधानको बारेमा जानकारी दिएका थिए ।

उक्त अवसरमा देउवाले नेपालमा लगानीको धेरै सम्भावना भएकोले विदेशमा बस्नेलाई लगानी गर्न आग्रह गरेका छन् । ‘विदेशमा बस्ने तपाईहरुकै रेमिटेन्स लगायत अन्य सहयोगले देशमा ठुलो योगदान पुगेकोले तपाईहरु देशमा लगानी गर्नुस त्यसको सुरक्षाको जिम्मा सबै सरकारले लिनेछ,’ प्रधानमन्त्री देउवाले भने । हामी जहाँ गएपनि आफ्नो भाषा र संस्कृति विर्सन नहुने सुझाव दिने क्रममा प्रधानमन्त्री देउवाले प्रवासी नेपालीले आफ्नो मौलिकतालाई आंगालेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा विदेशमा जन्मेको छोराछोरिहरुलाई नेपाल ल्याई नेपाली सिकाउन सबैलाई आग्रह गरेका थिए, ‘तपाईहरुको यही जन्मेको सन्ततीलाई नेपालमा ल्याएर नेपालको बारेमा चिनाउने र बुझाउन काम गर्नुस जसले गर्दा उनीहरुले नेपाली भन्ने बुझन सक्दछ ।’

नेपाली कन्सुलेटका बाणिज्यदुत कृषु क्षेत्रीद्वारा सञ्चालित कार्यक्रममा परराष्ट्र तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अमेरिकाका राजदूत अर्जुनकुमार कार्की, क्यानडाका राजदूत कालीप्रसाद पोखरेल, राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गा भट्टराई, महावाणिज्यदूत मधुकुमार मरासिनी लगायत विभिन्न नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

राष्ट्रसंघको ७२ औ महासभामा भाग लिने क्रममा न्युयोर्कमा आयोजित विभिन्न कार्यक्रमहरुमा भाग लिई प्रधानमन्त्री देउवा सेप्टेम्बर २४ मै स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवाले शनिबार महासभालाई सम्बोधन गर्नुका साथै सोही दिन राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस्तै न्यूयोर्कमा रहदा प्रधानमन्त्री देउवाले अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना, पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासी र इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइड र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गरेका थिए ।

 

 

 

प्रकाशित मिति : ९ आश्विन २०७४, सोमबार  १० : ०४ बजे